२० मंसिर २०८२ शनिबार
image/svg+xml
खेल

मोरङका विद्यालयलाई एन्फाको सहयोग

मोरङका निजी तथा सामुदायिक विद्यालयलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल प्रदान गरेको छ ।  

शनिबार विराटनगरमा मोरङ जिल्ला फुटबल संघको सहकार्यमा मोरङका ६६ वटा निजी र सामुदायिक विद्यालयलाई फुटबल वितरण गरेको हो । एन्फाले ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमअन्तर्गत मोरङका ६६ वटा विद्यालयलाई ८ सय वटाभन्दा बढी फुटबल प्रदान गरेको छ ।  

कार्यक्रममा अध्यक्ष पंकजविक्रम नेम्वाङले ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमले बालबालिकालाई फुटबलप्रति थप आकर्षण बढाउन मद्दत मिल्ने बताए । उनले यस कार्यक्रमले ४ देखि ९ वर्ष उमेरका बालबालिकाको सर्वाङगीण विकासमा मद्दत पुग्ने उल्लेख गरे । यस प्रकारको कार्यक्रमले आगामी दिनमा फुटबलका लागि नयाँ प्रतिभाको उत्पादन हुने विश्वास लिएको नेम्वाङले प्रस्टाए । यसलाई निरन्तरता दिन तीन तहको सरकारले समेत विशेष ध्यान दिनुपर्नेमा अध्यक्ष नेम्वाङले जोड दिए ।  

जिल्ला फुटबल संघ मोरङका अध्यक्ष संञ्जीव बुढाथोकीले फुटबलको विकासँगै बालबालिकामा समेत त्यसको प्रभाव पर्ने उल्लेख गरे ।  

एन्फाले यस कार्यक्रमअन्तर्गत ३२ हजार बढी फुटबल ७७ जिल्लाका विभिन्न १ हजार १ सय विद्यालयमा उपलब्ध गराउने जनाएको छ । मुलुकका करिब ६ लाख बालबालिकासम्म फिफा फुटबल फर स्कुल कार्यक्रममा सहभागी गराउने लक्ष्य लिएको एन्फाले कोशी प्रदेशका करिब ३ सय वटा विद्यालयलाई फुटबल उपलब्ध गराएको छ ।  

एन्फाका अध्यक्ष नेम्वाङ, एन्फाका केन्द्रीय उपाध्यक्ष दावा लामा, केन्द्रीय सदस्य दीपेन्द्र धिमाल, पूर्ववरिष्ठ फुटबल प्रशिक्षक सन्तोष बानियाँ, मोरङ जिल्ला फुटबल संघका अध्यक्ष सञ्जीव बुढाथोकीलगायतले विद्यालयका विद्यार्थी र खेल प्रशिक्षकलाई फुटबल वितरण गरेका थिए ।  

 

प्रकाशित: १३ मंसिर २०८२ १९:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App