३ चैत्र २०८२ मंगलबार
image/svg+xml
खेल

एन्फा राष्ट्रिय महिला लिग बुधबारदेखि, नौ टोलीले प्रतिस्पर्धा गर्ने

सहिद स्मारक एन्फा राष्ट्रिय महिला लिग फुटबल बुधबार सुरु हुँदैछ।  

लिगको उद्घाटन खेलमा न्यू रोड टिम (एनआरटी) र संकटा क्लब प्रतिस्पर्धा गर्दैछन्। च्यासल फुटबल रगंशालमा हुन लागेको खेल दिउँसो ११ बजे सुरु हुनेछ।  

बुधबार नै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र झापा एफसी खेल्दैछन्। खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ।  

लिगमा कूल ९ टोलीले प्रतिस्पर्धा गर्दैछन्। अखिल नेपाल फुटबल संघ (एन्फा)को अनुसार लिगको सबै खेलहरु च्यासल फुटबल रगंशालमा हुनेछ।  

लिग सुरु हुनु अघि मंगलबार एन्फाको मुख्यलयमा भएको पत्रकार सम्मेलनमा लिग खेल्ने सबै टोली तयार रहेको बताएका छन्।  

लिगमा सशस्त्र प्रहरी बल (एपिएफ) एफसी, बागमती युथ क्लब, चर्च बोइज युनाइटेड, झापा एफसी, न्युरोड टिम, नेपाल पुलिस क्लब, आर एस रिसोर्ट एन्ड बिच फुटबल, संकटा एफसी र त्रिभुवन आर्मी एफसीले प्रतिस्पर्धा गर्दैछन्।

यसअघि तालिका सार्वजनिक गर्न क्रममा राप्ती एफसिले पनि लिग खेल्ने तालिका थियो। तर, आईतबार एन्फा र लिग खेल्ने क्लबहरु बीच बसेको बैठकपछि एन्फाले राप्ती लिगमा खेल्न नपाउने निर्णय गरेको हो।  

लिग २०८३ वैशाख १२ गतेसम्म चल्नेछ।

प्रकाशित: ३ चैत्र २०८२ १७:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App