४ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

एन्फाले ल्यायो चालु आवको ६ महिनापछि एक अर्ब ५६ करोडको बजेट

अखिल नेपाल फुटबल संघ (एन्फा) ले चालु आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब ५६ करोड १७ लाख ८५ हजार रुपैयाँभन्दा बढीको बजेट पारित गरेको छ।

एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङको अध्यक्षतामा सम्पन्न बैठकले आगामी वर्षको खर्च योजनालाई अन्तिम रूप दिएको हो। चालु आर्थिक वर्ष सुरु भएको छ महिना बितिसकेको छ। एन्फाले भने बल्ल बजेट पारित गरेको हो। अब यो बजेट खर्च गर्न ६ महिना मात्र बाँकी छ।

समयमै बजेट आउन नसक्दा एन्फाका विभिन्न गतिविधिहरू रोकिँदै आएको थियो। बजेट स्वीकृत गर्ने निर्णयसँगै बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि एन्फाको लेखा परीक्षण प्रतिवेदन पनि अनुमोदन गरेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए।

प्रकाशित: ४ माघ २०८२ १३:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App