आगामी वर्ष नेपालमा हुने आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोट खेल्ने सबै टोलीको टुंगो लागेको छ।
सोमबार पूर्वी एसिया प्रशान्त छनोट जितेर पपुवा न्यु गिनीले प्रतियोगिताको अन्तिम स्थान हासिल गरेपछि अर्को वर्ष हुने आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने टोलीहरूको टुंगो लागेको हो। ग्लोबल छनोट खेल्ने १० वटा टोलीहरू रहेका छन्।
जसमा आयोजक राष्ट्र नेपाल र थाइल्यान्ड एसियाबाट छन्, भने यूराेपेली मुलुकबाट नेदरल्यान्डस् र आइरल्यान्ड रहेका छन्। त्यस्तै, अफ्रिकाबाट नामिबिया र जिम्बाबे रहेका छन्।
अमेरिकाबाट संयुक्त राज्य अमेरिका (युएस) रहेका छ भने इस्ट एसिया प्यासिफिबाट पपुवा न्यूगिनी रहेको छ। गत वर्ष विश्वकप खेलेको आधारमा बंगालदेश र स्कटल्यान्डले भने सोझै ग्लोब छनोटमा स्थान पाएको हो।
नेपालले आगामी जनवरी १२ देखि फ्रेबअरी ५ सम्म प्रतियोगिताको आयोजना गर्ने छ।
प्रकाशित: ३० भाद्र २०८२ १७:२८ सोमबार





