१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

आरसिएचजी र युवा गल्फर अवानीबीच सम्झौता

रोटरी क्लब अफ हिमालयन गल्फर्स (आरसिएचजी) र उदीयमान युवा गल्फर अवानीका लागि बुधबार सम्झौता भएको छ।

व्यावसायिक गल्फ तालिम तथा अध्ययनका लागि अवानीका अभिभावक मनोज खालिङ र क्लबका अध्यक्ष दमन घलेबीच बुधबार सम्झौता भएको हो। सम्झौता अनुसार आरसिएचजीले अवानीलाई भारतको बेंगलोरस्थित तरुण सरदेसाई गल्फ एकेडेमीमा एक वर्षको प्रशिक्षणको छात्रवृत्ति प्रदान गर्नेछ। सो अवधिमा उनको अध्ययन पनि सँगै अघि बढाइनेछ। अवानीको तालिम र अध्ययनमा लाग्ने कुल खर्चमध्ये ८० प्रतिशत आरसिएचजीले र बाँकी २० प्रतिशत परिवारले बेहोर्नेछन्। यो छात्रवृत्ति आरसिएचजीको प्रमुख परियोजना ‘गल्फ फर अल’ अन्तर्गतको पहिलो कार्यक्रम हो।

गल्फ फर अलको उद्देश्य देशभरका युवाहरू विशेषगरी महिलाहरूलाई गल्फ खेलप्रति आकर्षित गर्दै अवसर सिर्जना गर्नु हो। कार्यक्रममा अध्यक्ष दमन घलेले उक्त सम्झौता नेपालका युवा प्रतिभामा लगानी गर्ने आरसिएचजीको प्रतिबद्धताको प्रतीक भएको बताए। ‘यो साझेदारी अवानीको सम्भावना र नेपाली गल्फको उज्ज्वल भविष्यप्रति हाम्रो विश्वासको अभिव्यक्ति हो,’उनले भने।

आरसिएचजीले आगामी नोभेम्बर १ मा गोकर्ण फरेस्ट रिसोर्टमा ‘द हिमालयन स्विङ ओपन २०२५’ च्यारिटी गल्फ प्रतियोगिता आयोजना गर्दै छ। यही प्रतियोगिताबाट क्लबले ४० देखि ५० लाख रकम संकलन गर्ने योजना बनाएको छ।

प्रकाशित: १३ कार्तिक २०८२ १०:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App