२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
खेल

भारतविरुद्धको एकमात्र टेस्टमा अफगानिस्तानको खराब जवाफ

भारतविरुद्धको टेस्टमा अफगानिस्तानले खराब जवाफ फर्काएको छ।  

भारतले ८ विकेटको क्षतिमा ५६४ रनमा इनिङ्स डिक्लियर गरेपछि आफ्नो पहिलो इनिङ्स थालेको भ्रमणकारी टोली अफगानिस्तानले दोस्रो दिनको खेलको समाप्तिमा ५ विकेट गुमाएर ११३ रन बनाएको छ।  

रहमत साह ४३ रनमा नटआउट छन् भने अन्यको प्रर्दशन उल्लेख्य हुन सकेन। क्याप्टेन हसमुतुल्लाह सहिदी २० रनमा आउट भए।  

भारतका लागि मानव सुथारले ३ र प्रशिद्ध कृष्णले २ विकेट लिए।

यसअघि ३ विकेटको क्षतिमा ३६८ रनबाट आइतबार दोस्रो दिनको खेल थालेको भारतले ८ विकेटको क्षतिमा ५६४ रनमा इनिङ्स डिक्लियर गरेको थियो। भारतका लागि कप्तान शुभमन गिलले १२६, केएल राहुलले सय तथा साई सुदर्शन र रिसब पन्तले समान ८१ रन बनाए।  

अफगानिस्तानका लागि मोहमद सलिमले ६ विकेट लिए। करियरकै दोस्रो अन्तर्राष्ट्रिय टेस्ट खेलिरहेका सलिमले २७ ओभर बलिङ गर्दै ३ मेडन ओभरसहित १४० रन खर्चेर उक्त विकेट लिएका हुन्।   

प्रकाशित: २४ जेष्ठ २०८३ १८:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App