२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
खेल

एएफसी यु-२० महिला एसियन कप : आज उत्तर कोरियासँग भिड्दै नेपाल

एएफसी यु–२० महिला एसियन कप छनोट प्रतियोगितामा आज नेपाल उत्तर कोरियासँग भिड्दै छ।

प्रतियोगितामा पहिलो जित हासिल गरेको नेपालले तेस्रो खेल आज उत्तर कोरियासँग खेल्ने भएको हो। थिम्पुस्थित चाङ्लिमिथाङ रंगशाला जारी खेलमा भुटानसँग बराबरी तथा साउदी अरबसँग १–० को जित हासिल गरेको थियो भने उत्तर कोरियाले पहिलो खेलमा साउदी अरेबियालाई १५–० को ठुलो अन्तरले हराएको थियो भने दोस्रो खेलमा भुटानलाई १०–१ गोलले पराजित गरेर नेपालसँग भिड्न आएको हो।

नेपाल दुई खेलमा चार अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। उत्तर कोरियाले नेपालसँग बराबरी खेले मात्रै पनि एसियन कपमा छनोट हुने छ भने नेपाललाई जित्नै पर्ने दबाब रहेको छ। 

प्रकाशित: २५ श्रावण २०८२ ०८:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App