२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

एएफसी एसियन कप छनोट : भियतनामसँग खेल्ने नेपाली टोली घोषणा

एएफसी एसियन कप छनोट अन्तर्गत भियतनामसँग खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ।

आइतबार बिहान मुख्य प्रशिक्षक म्याट रसलले कप्तान किरण कुमार लिम्बूको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्। नेपाल र भियतानामले अक्टोबर ९ र १४ गते खेल्ने छन्।

दुवै खेल भियतनामको बिन दुगं रगंशालामा खेल्ने छ। होम एन्ड अवे प्रणालीमा हुने भनिएकाे म्याच नेपालको एक मात्र अन्तर्राष्ट्रिय  फुटबल रंगशाला खेल्नको लागि अयोग्य ठहर भएपछि दुवै खेल भियतनाकाे मैदानमा हुन लागेको हो।  

यस्तो छ भियतनामविरुद्ध खेल्ने नेपाली टोली:

किरण कुमार लिम्बू (कप्तान तथा गाेलरक्षक) बिशाल सुनार (गोलरक्षक), दिप कार्की (गोलरक्षक), अभिषेक लिम्बु, अनन्त तमाङ, अञ्जन विष्ट, अरिक विष्ट, आयुष घलान, बिमल पाण्डे, दिनेश हेन्जन, जिलेस्पी जङ कार्की, कृतिक रत्न छुन्जु, कुशल देउवा, लकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुबास ठकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ

प्रकाशित: १९ आश्विन २०८२ ११:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App