२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

दाङ-३ मा रास्वपाका सुवेदी विजयी

दाङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नंं-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी ४४ हजार २४८ मतसहित विजयी भएका छन्।

निर्वाचन अधिकृत चन्द्रबहादुर सिञ्जालीका अनुसार उनी नेपाली कांग्रेसका दीपक गिरीलाई २७ हजार ७९५ मतान्तरले पछि पार्दै विजयी बनेका हुन्।

यहाँ कांग्रेस उम्मेदवार गिरीले १६ हजार ४५३ मत प्राप्त गरे। यस्तै, नेकपा (एमाले) का घनश्याम पाण्डेले १२ हजार १९५, नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्कीले नौ हजार ३२८ मत प्राप्त गरेका छन्।

यस क्षेत्रमा एक लाख ५० हजार ७२० मतदाता रहेकामा ८९ हजार ५२७ मत खसेका थिए।

प्रकाशित: २३ फाल्गुन २०८२ २१:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App