२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

एएफसी एसिया कप छनोट : नेपालले दुवै खेल भियतनामको मैदानमा खेल्ने

एएफसी एसियन कप छनोट २०२७ अन्तर्गतको खेल नेपालले भियतानामको मैदानमा खेल्ने भएको छ।

एसियाली फुटबल फेडेरेन्स (एएफसी)ले नेपाल र भियतनामबीचको दुवै खेल भियतनामको मैदानमा खेल्ने जनाएको हो। पहिलो खेल अक्टोबर ९ मा र दोस्रो खेल अक्टोबर १४ मा हुनेछ।

'होम एण्ड अवे'को आधारमा हुनुपर्ने खेल नेपालको दशरथ रगंशाला खेल्न अयोग्य रहेपछि नेपालले आफ्नो मैदानमा खेल्ने अवसर गुमाएको हो। एएफसीले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई रगंशालाको पुनर्निर्माणको आदेश दिएको थियो।

प्रकाशित: २७ भाद्र २०८२ १०:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App