१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

हैरान्सको सानदार जित

हैरान्स क्लबले एन्फा प्रेसिडेन्ट लिगमा शनिबार टाइगर्स टिममाथि ५-२ को सानदार जित निकालेको छ।

एन्फा प्रेसिडेन्ट लिगमा शनिबार भएको खेलमा मकवानपुरको हेटौडास्थित गौरिटार रंगशालामा सम्पन्न समूह ‘बी’को खेलमा हैरान्सलाई जित दिलाउन रोशन डोङले दुई तथा समीराज थोकर र विश्व लिम्बूले समान एक गोल गरे। टाइगर्सका लागि विशेष लामाले दुई गोल गरे। प्रतियोगितामा हैरान्सको यो पहिलो जित हो।

यसअघि आफ्नो पहिलो खेलमा हैरान्सले काँक्रे बिहार युथ क्लबसँग ३–२ को हार बेहोरेको थियो। आफ्नो पहिलो खेलमा गाईघाट फुटबल क्लबलाई २–१ ले हराएको टाइगर्स हैरान्ससामू निरीह देखियो। शनिबार दिनको पहिलो खेलमा काँक्रे बिहारले नव जन जागृति युवा क्लबसँग १–१ को बराबरी खेल्यो।

हेटौडास्थित गौरिटार रंगशालामा नै भएको खेलमा काँक्रे बिहारले अग्रतालाई जोगाउन सकेन। खेलको ३८औं मिनेटमा कप्तान आशिष चापागाइँले काँक्रे बिहारलाई अग्रता दिलाएका थिए त, पहिलो हाफको इन्जुरी समयमै नव जन जागृति खेलमा फर्कियो। रुजन न्यौपानेले स्कोरसीटमा आफ्नो नाम लेखाए।

यो नतिजासँगै समूह ‘बी’मा काँक्रे बिहारले दुई खेलमा चार अंक जोडेको छ। यसअघि आफ्नो पहिलो खेलमा काँक्रे बिहारले हैरान्स क्लबमाथि ३–२ को रोमाञ्चक जित हासिल गरेको थियो।

नव जन जागृति युवा क्लबको यो पहिलो खेल हो। यो नतिजासँगै समूह ‘बी’ मा काँक्रे बिहारले दुई खेलमा चार अंक जोडेको छ। नव जन जागृति युवा क्लबको यो पहिलो खेल हो। प्रतियोगिताको पाँचौं दिन आइतबार समूह ‘ए’ का दुई खल हुनेछन्। पहिलो खेलमा जन जागृति युवा क्लबले लालिगुराँस एसोसिएसन क्लबसँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो खेलमा देउराली युथ क्लबले विजयी स्पोर्ट्स क्लबसँग खेल्नेछ।  

प्रकाशित: २३ कार्तिक २०८२ ०८:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App