राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले सम्मानार्थ गृह जिल्ला म्याग्दीमा स्तम्भ निर्माण गरिने भएको छ।
भलिबल खेलको माध्यमबाट नेपाललाई विश्वसामु चिनाउन सफल भएकी म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका–३, पिप्लेमा जन्मिएकी शाहीको जिल्ला खेलकुद विकास समितिले उद्यान सहितको स्तम्भ बनाउने भएको हो ।
महिला भलिबल टिमको कप्तानी सम्हालेपछि अन्तर्राष्ट्रिय«स्तरमा उपाधिको खडेरी मेट्दै उपाधि जिताउँदै भलिबल खेलमा नेपाललाई दक्षिण एसियाली देशका बलियो स्थानमा पु¥याउन सफल भएको सम्मानमा खेलकुद विकास समितिको जग्गा वा अन्य उपयुक्त स्थानमा सालिक बनाएर सम्मान गर्ने समितिका अध्यक्ष सुमन श्रेष्ठले बताए ।
‘उहाँ राष्ट्र«को गहना हो, नेपाली महिला भलिबललाई यो स्थानमा ल्याउनुमा अतुलनीय योगदान छ’ अध्यक्ष श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । जिल्ला खेलकुद विकास समितिको कार्यालय रहेको बेनी नगरपालिका–८, कालिपुल क्षेत्रमा स्तम्भ बनाउन आवश्यक डिपिआर समेत बनाउने र जग्गाको उपलब्धता भएमा उद्यान नै बनाएर खेलप्रेमीहरुलाई आकर्षित गर्ने अध्यक्ष श्रेष्ठको भनाई छ ।
सन् २०१३ मा काठमाडौंमै भएको माल्दिभ्स विरुद्धको मैत्रीपूर्ण खेलबाट नेपालको राष्ट्रिय टिममा डेब्यु गरेकी शाहीले राष्ट्रिय«य टिमको नेतृत्व गरेपछि एभीसी सिनियर वुमन्स सेन्ट्रल जोनमा दुई उपाधि,दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक, काभा वुमन्स भलिबल नेसन्स लिगमा रजत पदक, काभा वुमन्स भलिबल च्यालेन्ज कपमा कांस्य पदक, काभा वुमन्स नेसन्स लिगमा नेपालले इतिहासमै पहिलो पटक भारतलाई जितेको थियो ।
डेढ दशकदेखि भलिबल खेल्दै आउनुभएकी शाहीले सजेएफ पल्सर स्पोट्र्स अवार्ड सहित विभिन्न चर्चित खेलाडी अवार्डले जित्नुभएको छ । यसैबिच अरुणाको सम्मानमा बनाइने स्तम्भमा स्वदेश तथा विदेशमा रहेका सङ्घसंस्था र खेलप्रेमीहरुको सहयोग समेत लिने योजना रहेको समितिका कोषाध्यक्ष नगेन्द्र मल्लले बताए । केही दिन अगाडी जिल्ला खेलकुद विकास समितिले नगद १५ हजार सहित सम्मान पत्रले सम्मान गरेको थियो ।आर्थिक सहयोगदाताको नाम स्तम्भ आसपासमा शिलालेख बनाएर राखिने र अन्य तयारीका बारेमा थप जानकारी गराउने कोषाध्यक्ष मल्लको भनाई छ।
प्रकाशित: २९ श्रावण २०८२ १७:१९ बिहीबार




