१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

विश्वकप फुटबल २०२२: समर्थकका लागि महँगो विश्वकप

कतार विश्वकप पहिलो पटक अरबी भूमिमा हुँदै छ, तर मध्यपूर्वमा उत्साहका बावजुद फुटबलप्रति यसले विश्वव्यापी रूपमा एकताको सन्देश दिन सकेको छैन।

आगामी नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म अरबी भूमिमा विश्वकप हुँदै छ। भौगोलिक हिसाबले अरबका देश भूमिमा हिसाबले नजिकै छन्। यद्यपि, उच्च महँगी र आर्थिक मन्दीका कारण मध्यपूर्व र अफ्रिकालाई यो विश्वकपले त्यति उत्साह दिन सकेको छैन। ‘बस्न, खान र यातायातको खर्च अत्यधिक महँगो छ,’ ट्युनिसियाका एक समर्थक मक्रम अबेदले भने। उनी करिब चालीस हजार फलोअर्स भएको ट्युनिसिया फुटबलको पेज चलाउने गर्छन्। ट्युनिसिया र कतारसहित अरबी राष्ट्र मोरक्को र साउदी अरेबियाले यस विश्वकप खेल्दै छन्।

‘कतारले विश्वकपका समर्थकलाई प्राथमिकतामा राखेर कम खर्चिलो बनाउन सक्थ्यो,’ आबेदले भने। यद्यपि, कतारले आफ्नो आधिकारिक पोर्टलमा आफूले उपलब्ध गराएको आवासमा अनुदान दिएको जनाएको छ। आबेदसँगै कयौं समर्थकले एएफपीको पोलमा कतारमा महँगीका कारण नजिक भएर पनि जान नसक्ने अवस्थामा रहेको धारणा राखेका छन्। हप्ताहप्तामा हुने क्लब फुटबलभन्दा आफ्नो संस्कृति र पहिचानसहित विश्वकपका उपस्थित हुने समर्थकको विशेष महत्व राख्ने र उनीहरूको उपस्थितिले विश्वकपलाई आकर्षक पनि बनाउने,’ फुटबलका इतिहासकर्ता पउल डाइट्चीले भने।  

कतार विश्वकपले धनी र गरिबबीच बढ्दो खाडलको विश्वव्यापी अवस्थालार्ई राम्रोसँग मलजल गरेको फुटबलका इतिहासकर्ता पउल डाइट्चीको आरोप छ। तेलका खानीले भरिपूर्ण साउदी अरबियामा पनि यस्तै अवस्था छ। साउदी विश्वमा नै ठूलो अर्थतन्त्र भएको देशमध्ये एक पनि हो र जसको कतारसँग भौगोलिक बोर्डर नै जोडिएको छ। साउदीकै फुटबल समर्थकले पनि खर्चका हिसाबले कतार विश्वकप निषेधात्मक नै रहेको धारणा राखे। ‘कतार विश्वकपको समूहचरणका तीन खेल हेर्न ऋण नै लिनुपर्ने अवस्था छ,’ साउदी अरबका २५ वर्षे विद्यार्थी मुहान्नदले भने।  

यद्यपि, उनले आफ्नो पूरा नाम भने बताउन चाहेनन्। फिफाका अनुसार सबैभन्दा बढ्री विश्वकपको टिकट खरिद कतारकै मानिसले गरेका छन्, जुन करिब तीन मिलियन जति छ। अन्य खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (युएई) र साउदी अरब पनि धेरै टिकट खरिद गर्ने सूचीमा शीर्ष १० भित्र नै पर्छन्। कतार विश्वकपको आयोजक कमिटीले साउदी अरबबाट सबैभन्दा धेरै आवासका लागि बुकिङ भएको दाबी गरिरहेको छ। यस पटक इजिप्ट विश्वकपमा सहभागी भएको छैन। तर, त्यहाँका समर्थक एमर ममदुह पनि कतार जाने तयारीमा छन्।  

‘रसिया विश्वकपको तुलनामा कतार विश्वकप आदिभन्दा धेरै लागत बढी हो। प्लेन टिकट नै रसिया जाँदाको भन्दा बढी छ,’ इजिप्टका एमरले भने। अरबमा रहेका हजारौं समर्थक दैनिक रूपमा हवाईमार्पmत विश्वकप हेर्न जाने र सोही दिन फर्कने तयारमा छन्। तीमध्ये एक हुन्, दुबईमा बसोबास गर्दै आएका लेबनानी नागरिक फादी बुस्ट्रोज। उनी एक घण्टाको यात्रा गर्दै दोहा पुग्छन् र सोही दिन दुबई फर्कन योजनामा छन्। तथापि, उनले विश्वकप यथार्थ माहोल भने हेर्न पाउने छैनन्। यसले कतार विश्वकपको आयोजना फिक्का बनाउन सक्छ।  

अरबमै विश्वकप हुँदा पनि अरबी मुलुकका नागरिकले वास्तवमा विश्वकपको माहोल हेर्न पाउने छैनन्। यता, मोरक्कोले विश्वकप हेर्न जाने नागरिकका लागि जहाज टिकटमा केही अनुदान दिएको छ। तर, पनि त्यसको मूल्य ७६० डलर जति पर्न जाने मोरक्कोका लागि ३४ वर्षे नागरिक यासिनले भने। सन् २०१८ को रसिया विश्वकप हेरेका यासिनका अनुसार अनुदान दिँदा पनि कतार जान प्लेन टिकट महँगो परेको भनाइ छ। ‘विश्वकप भने सुन्दर वातावरणको अर्को रूप हो। जहाँ मानिसहरूका असीमित खुसी र उत्साह देखिन्छन्,’ यासिनले भने, ‘तर कतारले त्यो मापदण्ड प्राप्त गर्ने छैन।’

यासिनले मोरक्कोको खेल टिकट किनेका थिए। तर, उनी अब कतार नजाने भएका छन्। कतारको रुढीवादी नियमअनुसार मनोरञ्जनको सीमित अवसर र पेय पदार्थ सीमित लैजान पाउने भएकाले आफूले योजना रद्द गरेको उनको भनाइ थियो। रसिया विश्वकप गएका मोरक्कोकै अर्का नागरिक वासिम रिएने पनि यस पटक कतार नजाने भएका छन्। फुटबलको कुनै इतिहास र संस्कृति नै नरहेको कतारमा विश्वकपको माहोल नै नहुने उनको विश्वास छ। फ्रान्सेली र ब्रिटिस शासनपश्चात् मध्यपूर्वका भागमा तेल कम्पनीका कामदारको आगमनपछि सन् १९७० अरबी भूमिमा फुटबलको सुरुआत भएको हो।

इजिप्टमा भने पहिलो विश्व युद्धपछि नै पहिलो फुटबल क्लब स्थापना भएको थियो। फुटबल इतिहासवेत्ता डाइट्चीले अरबका फुटबल समर्थकलाई दुई भागमा विभाजित गरेका छन्। मोरक्को, इरान, सिरिया र एल्जेरियाका जस्ता देशमा फुटबल लोकप्रिय हुँदा यसप्रति आकर्षण रहेको छ। तर, कतारलगायत केही देशमा भने फुटबलप्रति त्यति मोह नरहेको र प्राय टेलिभिजनमा नै रहेर हेर्न रुचाउने खालका समर्थक रहेको डाइट्चीको धारणा छ। त्यसैले कतारलाई उनले समर्थकको सफ्ट पावर देशको रूपमा संज्ञा दिएका छन्।

प्रकाशित: २ मंसिर २०७९ ०२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App