७ वैशाख २०८१ शुक्रबार
खेल

युएईसंगको तीन एक दिवसीय श्रृंखला अवसर हो: प्रशिक्षक प्रभाकर

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज प्रभाकारले सोमबारबाट आयोजना हुने संयुक्त अरब इमिरेट्स (युएई) सँगको तीन एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखला, विश्व क्रिकेट लिग–२ अन्तर्गत नामिबिया भ्रमणअघि अनुभव बटुल्ने अवसर भएको बताएका छन्।  

नेपाल क्रिकेट संघ (क्यान) ले युएईसँगको श्रृंखला अघिको पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षका मनोज प्रभाकारले विश्वकप खेलेर फर्किएको टोली युएईसँग खेल्ने अवसर र चुनौति दुवै रहेको बताएका हुन्।  

प्रशिक्षक प्रभाकारले युवा खेलाडीको बाहुल्यता भएको टोलीले श्रृंखलामा राम्रो प्रदर्शन गर्ने अपेक्षा राखे। युएईसँग खेल्न पाउनु लिग–२ को श्रृंखला खेलिरहेको नेपाली टिमका लागि फाइदाजनक रहेको बताए। प्रशिक्षक प्रभाकरले नेपाली टोलीको प्रदर्शनमा सुधार भइरहेको भन्दै खुशी व्यक्त पनि गरे। 

प्रकाशित: २७ कार्तिक २०७९ १३:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App