१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

बगरभाइ खलक र हिमालयन ब्रुअरीबीच पाँचवर्षे सम्झौता

सम्झौतापत्र हस्ताक्षरपछि आदान प्रदान गर्दै बगर भाइखलक र हिमायन ब्रुअरीका अरुण चौधरी। तस्बिरः नागरिक

पोखरामा भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको शुरुवात गरेको बगर भाइखलकले झण्डै एकदशकपछि मुख्य प्रायोजक पाएको छ।  

‘स्वास्थ्यका लागि एकघण्टा व्यायाम’ अभियानसँगै भेट्रान्स फुटबल प्रतियोगिताको जग बसालेको बगर भाइखलकलाई हिमालयन ब्रुअरीले मुख्य प्रायोजकको रुपमा सम्झौता गरेको छ। ब्रुअरी र बगर भाइखलकबीच पाँचवर्षे सम्झौता  भएको हो। मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो।  

बगर भाइखलकले उमेर ढल्कदै गएपछि स्वास्थ्यप्रति सचेत रहनुपर्छ भन्ने सन्देशसँगै युवापुस्तालाई खेलकुदप्रति अभिप्रेरित गर्दै आएको छ। चौधरी ग्रुपको मुख्य उत्पादन  हिमालयन ब्रुअरी तथा सिजी होल्डिङ्सका प्रवन्ध निर्देशक करण चौधरी र बगरभाइखलक संस्थाका अध्यक्ष दिलबहादुर गुरुङले हस्ताक्षर गरेका छन। हिमलायन ब्रुअरीले उक्त प्रतियोगिताका लागि हरेक वर्ष ५ लाख प्रायोजन गर्ने छ। दुई संस्थालाई जोड्ने काम भने सर्पोट नेपाल युकेका संस्थापक सदस्य तथा सहारा युकेका संस्थापक अध्यक्ष नविन गुरुङले गरेका हुन्।  

अरुण चौधरी फाउन्डेशन तथा सिजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरीले खेलकुदमार्फत समाज अभियानका लागि अघि बढेको संस्थासंग मुख्य प्रायोजन गर्न पाउनु सुखद रहेको अभिव्यक्ति दिए। सर्पोट नेपाल युकेका संरक्षक समेत रहेका चौधरीले सामाजिक उत्तरदायित्वका लागि हिमालयन ब्रुअरीले यो सम्झौता गरेको स्पष्ट पारे। खेलकुद मार्फत व्यवसायको वृद्धि मात्रै नभई समाजलाई अघि बढाउने यसको उद्धेश्य समेत् रहेको भन्दै दुवै संस्थाले आफ्ना योजनाहरु अघि बढाउन सहकार्य आवश्यकमा जोडदिनुपर्ने बताए।  

चौधरी ग्रुपले बगर भाइखलकसँग मुख्य प्रायोजन गर्न पाउनु आफ्नो उद्योगकालागि महत्वपूर्ण जिकिर गरेको छ सम्झौता  हिमालयन ब्रुअरीले आफ्ना उत्पादन बजारमा समेत पु¥याउने उद्धेश्य मात्रै नभई खेलाडीहरुको भविष्यलाई् सुनिष्चित गर्ने उद्धेश्य अगाडि बढेको ग्रुपको ठम्याई छ । सहारा युकेका संस्थापक अध्यक्ष तथा सर्पोट नेपाल युकेका संस्थापक सदस्य नविन गुरुङले दुवै संस्था बीचको सम्वन्ध लामो समयसम्म अघि बढ्नेमा आफू विश्वस्त रहेको बताए। उनले बगर भाई खलकले खेलकुद र समाज विकासका लागि खेलेको महत्वपूर्ण योगदानकै कारण हिमालयन ब्रुअरी जोडिने अवसर मिलेको सुनाए।  

बगरभाइ खलकका अध्यक्ष दिलबहादुर गुरुङको अध्यक्षतामा भएको सम्झौता कार्यक्रममा संस्थाका सल्लाहकार तथा प्रदेश खेलकुद परिषदका संस्थापक सदस्य सचिव तेजबहादुर गुरुङले दुई संस्था विचको सम्झौताले आगामी दिनमा खेलकुद विकासका लागि कोशेढुङ्गा सावित हुने बताए। नवौं राष्ट्रिय खेलकुदमा व्यवस्थापनले गर्दा कार्यक्रममा गण्डकी प्रदेशबाशीले अपनत्व ग्रहण गर्न पाउनु दुःखद रहेको उल्लेख गरे। बगर भाईखलकले भेट्रान्स एट ए साइड फुटबल सहित ग्रास रुट फुटबल प्रशिक्षण कार्यक्रम सत्तचालन गर्दै आइरहेको छ।  

प्रकाशित: २२ कार्तिक २०७९ ०७:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App