१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम अन्तिम जितसँगै बाहिरियो

राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आईतबार भएको खेलमा मधेस प्रदेश र वागमती प्रदेशबीचको खेल टाई हुँदा अर्को खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ५ विकेटले हराएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सोमबार सम्पन्न समूह चरणको अन्तिम खेलमा वागमती प्रदेशले मधेस प्रदेशबाट पाएको १ सय ९० रनको लक्ष्य ४९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ९० रन बनाउँदा खेल बराबरीमा सकिएको हो। यससँगै जारी प्रतियोगितामा दोस्रो खेल टाई भएको छ। यसअघि एपिएफ र गण्डकी प्रदेशबीच खेल पनि टाई भएको थियो। मधेसले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याउने क्रममा वागमतीका पृथु बास्कोटले सर्वाधिक ४० रनको पारी खेल्दा ओपनरद्वय रित गौतम र इसान पाण्डेले क्रमश ३२ र ३१ रनको पारी खेलेका थिए। यस्तै सूर्य तामाङले २८ रनको व्यक्तिगत स्कोर गर्दा विवेक मगरले २५ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्। बलिङतर्फ मधेसका राजेश यादव र प्रदीप पासवानले समान ३÷३ विकेट निकाल्दा रुपेश सिंहले २ तथा हरिशंकर शाहले १ विकेट हात पारे। 

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मधेसले ४६.२ ओभरमा सबै विकेट गुमाएर १ सय ९० रनको योगफल तयार पारेको थियो। मधेसका लागि रोहन विकले अर्धशतकीय पारी खेले। ९४ बलको सामना गरेका रोहनले ६ चौका र २ छक्काको सहयोगमा ६३ रनको व्यक्तिगत पारी खेलेका थिए। उनका अलावा ओपनर सन्तोष कार्कीले २३ रनको योगदान गर्दा राजेश यादवले १६, कप्तान हरिशंकर शाहले १३ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले राम्रो स्कोर छुन सकेनन्। बलिङतर्फ वागमती प्रदेशका नन्दन यादव र सूर्य तामाङले समान ३÷३ विकेट हात पार्दा प्रतिश जिसी र रामनरेश गिरिले समान २÷२ विकेट आफ्नो नाममा लेखाए।  खेलमा मधेस प्रदेशका राजेश यादव प्लेयर्स अफ दि म्याच घोषित भए।

 सोमबार नै भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशमाथि ५ विकेटको जित निकालेको हो। यससँगै सुदूरपश्चिमले जारी प्रतियोगितामा पहिलो जित निकालेको हो। मुलपानी क्रिकेट मैदानमा कर्णालीले प्रश्तुत गरेको १ सय ५१ रनको लक्ष्य सुदूरपश्चिमले २९.४ ओभरमा मात्र ५ विकेटको क्षतीमा भेट्टायो। सुदूरपश्चिमका ओपनर गजेन्द्र बोहोराले ४१ र टेक रावलले १८ रन जोडे। गजेन्द्रले ५१ बला ५ चौका र १ छक्का प्रहार गर्दा टेकले ३० बलमा ३ चौका प्रहार गरे। गजेन्द्र र टेकले पहिलो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए। त्यस्तै शेर मल्लले ३३ बलमा ३ चौकामद्दतमा अविजित ३४ रन जोडे भने राजु रिजालले २९ बलमा ४ चौका र १ छक्का मद्दतमा अविजित २४ रन जोडे। कर्णालीका रविन्द्र शाहीले ३ र दिवान पुनले २ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले ३८.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५० रन बनाउन सक्यो। कर्णालीका अर्जुन घर्तीले ९६ बलमा ४ चौका र ५ छक्का मद्दतमा ७० रन जोडे। त्यस्तै सुवास ऐयरले २२ बलमा ५ चौका मद्दतमा २४ रन जोडे। सुदूरपश्चिमका नारायण जोशीले ४, हेमन्त धामीले ३ र गजेन्द्रले २ विकेट लिए। यस सँगै सुदूरपश्चिमले समूह ए मा ४ खेलबाट २ अंक जोडेको छ। सुदूरपश्चिम चौथो स्थानमा छ। कर्णालीले भने अंक खाता खोल्न सकेको छैन। प्रतियोगितामा मंगलवार पनि दुई खेल हुनेछन्। कीर्तिपुरमा हुने खेलमा मधेस प्रदेश र नेपाल पुलिस क्लव तथा मूलपानी मैदानमा हुने खेलमा त्रिभुवन आर्मी क्लव र कर्णाली प्रदेशबीच खेल हुनेछ।

प्रकाशित: २१ कार्तिक २०७९ ११:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App