आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ। रेडिअन्ट पब्लिक बोर्डिङ स्कुलको आयोजनामा हुने प्रतियोगितामा जम्मा ४८ टोलीको सहभागिता रहने रेडिअन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
प्रतियोगितामा सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गर्ल्समा समान १२/१२ टोली सहभागी हुनेछन्। सिनियर ब्वाइजलाई ८ तथा जुनियर ब्वाइज/सिनियर गर्ल्सलाई ४ समूहमा विभाजित गरी लिग कम नकआउटका आधारमा खेल खेलाइनेछ। सिनियर ब्वाइज/गर्ल्समा निम्स तथा जुनियर ब्वाइजमा आयोजक रेडिअन्ट डिफेन्डिङ च्याम्पियन हुन्।
प्रकाशित: २१ कार्तिक २०७९ ०१:४५ सोमबार





