६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

टेनिस पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा टेनिसका पदक विजेता खेलाडीहरुलाई कास्की जिल्ला लनटेनिस संघ तथा अन्य अग्रज टेनिस खेलाडीले नगदसहित सम्मान गरेका छन्। राष्ट्रिय खेलकुद प्रतियोगितामा तीन विधामा तीन स्वर्ण पदक प्राप्त जित्ने खेलाडी प्रदिप खड्कालाई नगद २० हजार रुपैयाँले सम्मान गरिएको छ।  

दुई स्वर्ण एक रजत पदक जितेका अनिल साईलाई नगद १२ हजार प्रदान गरिएको छ। एक स्वर्ण एक रजत पदक जितेका आशिष खड्का र सौगात बि.कलाई जनही  सातहजार रुपैयाँ प्रदान गरिएको थियो। टिम इभेण्टमा पदक विजेता खेलाडी विवेक मगरलाई ५ हजार तथा कास्य पदक विजेता प्रीति बराललाई २ हजार र प्रशिक्षक निरज थापालाई ५ हजार रुपैयाँबाट सम्मान गरिएको कास्की जिल्ला टेनिस संघका सचिव नविन श्रेष्ठले जानकारी दिए।  

अग्रज टेनिस खेलाडी समीर सेरचनले स्वर्ण पदक विजेता प्रदिप खड्कालाई नगद २५ हजार रुपैयाँ प्रदान गरे । अन्य चार जना खेलाडी अनिल साई, आशिष् खड्का, सौगात बिक र बिबेक मगरलाई जनही ५ हजार रुपैयाँ प्रदान गरेका थिए। टेनिस खेलाडी अनुज बास्तोला अन्तराष्ट्रियस्तरमा टेनिस खेलिरहेका आफनो छोरा अभिषेक बास्तोलाको नाममा बिजेता खेलाडी खड्कालाई ३० हजार रुपैयाँ हस्तान्तरण गरे। अनिल साईलाई १५ हजार तथा आशिष खड्का, सौगात बिक बिबेक मगर र प्रिती बराललाई जनही ५ हजार रुपैयाँ प्रदान गरेका थिए।

टेनिस खेलाडी राजेन्द्रप्रसाद घिमिरेले स्वर्ण पदक विजेता खेलाडी प्रदिप खड्कालाई १० हजार, अग्रज खेलाडी हर्क गुरुङले पाँचै जना खेलाडीलाई नगद सहित सम्मान गरे। टेनिस खेलाडी बिकास गुरुङले नगद ५ हजार बराबरको फुड भौचर हस्तान्तरण गरेका थिए। सम्मान कार्यक्रममा नेपाल टेनिस संघको केन्द्रिय उपाध्यक्ष तथा कास्की जिल्ला टेनिस  संघको सस्थापक अध्यक्ष बिनोद कायस्थ र सिनियर टेनिस प्रशिक्षक अनु जोन समेत उपस्थिति थियो। कार्यक्रममा संघका अध्यक्ष लोक गुरुङ, सल्लाहकारहरु गोपि भट्टराई ,बसन्त प्रधान, सुर्य भुजेल, संघका उपाध्यक्षद्वय राजु गुरुङ्ग, नबिन चालिसे लगायतले बधाईसहित शुभकामना व्यक्त गरेका थिए। 

प्रकाशित: ६ कार्तिक २०७९ ०८:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App