८ वैशाख २०८१ शनिबार
खेल

पुरुष बास्केटबलमा एपिएफ च्याम्पियन

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबलमा एपिएफले घरेलु टोली गण्डकीलाई स्तब्ध बनाउँदै च्याम्पियन बनेको छ।

प्रतियोगिताको फाइनलमा एपिएफले गण्डकी प्रदेशमाथि ८१–७९ स्कोरमा हराउँदै स्वर्ण पदक जितेको हो। थ्री अन थ्री तर्फको फाइनलमा भने आयोजक गण्डकीले एपिएफलाई २१–१६ स्कोरले पराजित गर्दै स्वर्ण पदक हात पा¥यो। यसअघि आर्मीले वागमतीलाई ७८–६० स्कोर सहित पराजित गर्दै कास्य पदक हात पारेको छ। थ्री अन थ्रीमा भने आर्मीले वागमतीलाई १९–१५ ले हरायो।

त्यसअघि तनहुँमा भएको महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मीले स्वर्ण पदक हात पारेको थियो। बुधबार भएको फाइनलमा आर्मीले वागमती प्रदेशलाई ४५–३० को अन्तरमा पराजित गर्दै स्वर्ण जितेको हो। पहिलो र दोस्रो क्वाटरमा आर्मीले १०–८ र १४–७ को अग्रता कायम गरेको थियो। तेस्रो चरणमा भने बागमतीले उत्कृष्ट खेल प्रदर्शन गरी १२–८ को अग्रता लियो। अन्तिम चरणमा वागमतीको कमजोर खेल प्रदर्शनको फाइदा उठाउँदै आर्मीले १३–३ को फराकिलो अन्तर बनायो।

यसैगरी थ्री बाइ थ्री महिला बास्केटबलमा एपिएफले स्वर्ण पदक हात पार्दा त्रिभुवन आर्मीले रजत पदक प्राप्त ग¥यो। वागमती प्रदेशलाई ९–७ अंकको अन्तरमा गण्डकीले कास्य पदक हात पारेको छ।

प्रकाशित: ३ कार्तिक २०७९ १२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App