४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

मेस्सीले भने-कतार विश्वकप मेरो अन्तिम विश्वकप

अर्जेन्टिनी फुटबलर लियोनल मेस्सीले कतारमा हुने विश्वकप फुटबल आफ्नो अन्तिम विश्वकप हुने बताएका छन्।

मेस्सीले ल्याटिन अमेरिकी मिडिया स्टार प्लससँग कुरा गर्दै यस्तो बताएका हुन्। करिब दुई महिना पछि कतार विश्वकप सुरु हुँदैछ। अर्जेन्टिना पछिल्ला ३५ खेलमा अपराजित टोली हो। अर्जेन्टिनालाई यस विश्वकपको उपाधिको दाबेदार टिम मानिएको छ।

मेस्सीले विश्वकपमा अर्जेन्टिनी टिमको कप्तानी समेत गर्नेछन्। उनले कतारमा हुने विश्वकप फुटबल आफ्नालागि अन्तिम हुने घोषणा गरेका हुन्। मेस्सीले विश्वकप जित्ने आफ्नो चाहानालाई समेत खुलस्त रुपमा बताएका छन्।

मेस्सीले भने, ‘म विश्वकपसम्मको दिन गनिरहेको छु। साँचो कुरा यही हो। थोरै चिन्तापनि छ, हामी खेल्नका लागि प्रतिक्षा गर्न सक्दैनौं। दोस्रो कुरा प्रतियोगिता अघि एउटा निश्चित तनाव समेत छ।’  उनले कतारमा विश्वकप जित्ने आफ्नो टिमको सम्भावनाको विषयमा समेत बोलेका छन्।

‘जसरी चिज बदलिएको छ। त्यसको कारण हामी निकै राम्रो क्षणमा छौं। एउटा निकै बलियो समुहसँग छौं। तर विश्वकपमा जे पनि हुन सक्छ। सबै खेल कठिन हुन्छ। त्यसैले एक विश्वकप यति धेरै खास हुन्छ, किनकी दाबेदार सबै जित वा अपेक्षा अनुसारको प्रर्दशन गर्न सक्दैन। अर्जेन्टिना सधै आफ्नो इतिहासका कारण एउटा दाबेदार टिम हो।’, उनले भने

प्रकाशित: २१ आश्विन २०७९ ०५:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App