१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

हारबाट जोगियो पीएसजी

यूईएफए च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ।

बुधबार राति भएको समूह चरण अन्तर्गतको खेलमा पीएसजी बेन्फिकासँग १-१ गोलको बराबरीमा रोकिएको हो।

लियोनल मेस्सीले  खेलको २२ औं मिनेटमा गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए।

तर, ४१ औं मिनेटमा पीएसजीका डानिलो पेरिएराले आत्मघाती गोल गरेपछि पीएसजी १(१ गोलको बराबरीमा रोकिएको हो।

यस बराबरीसँगै पीएसजी ३ खेलमा ७ अंक जोडेर समूह एचको  शीर्ष स्थानमा रहेको छ।बेन्फिका ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।

प्रकाशित: २० आश्विन २०७९ ०५:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App