८ वैशाख २०८१ शनिबार
खेल

थाइल्यान्डविरुद्ध नेपाल ३-० ले पराजित

एएफसी यु–१७ एसियन कप छनोट २०२३ अन्तर्गत बुधबार सम्पन्न पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ३-० ले पराजित भएको छ।

भियतनाममा जारी प्रतियोगिताको पहिलो खेलमा थाइल्यान्डलाई जित दिलाउन तोतावानले दुई र थानाक्रितले एक गोल गरे। ३०औं मिनेटमा तोतावानको गोलमा थाइल्यान्डले अग्रता लियो। ६५औं मिनेटमा तातावानको व्यक्तिगत दोस्रो गोल गर्दा २-० को अग्रता बनायो । ७८औं मिनेटमा थानाक्रितले थाइल्यान्डका लागि तेस्रो गोल गरे । समूह ‘एफ’मा रहेको नेपालले शुक्रबार दोस्रो खेलमा घरेलु टोली भियतनाम र अन्तिम खेलमा आइतबार चाइनिज ताइपेईको सामना गर्नेछ । छनोटमा सहभागी ४४ टोलीलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शीर्ष टोलीका साथै उत्कृष्ट ६ उपविजेता एसिया कप २०२३ का लागि छनोट हुनेछन् ।

प्रकाशित: १९ आश्विन २०७९ १२:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App