२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

कर्णाली प्रदेश स्तरीय द्रोस्रो खुला भलिबल प्रतियोगिता सम्पन्न

कर्णाली प्रदेश स्तरीय द्रोस्रो  खुला भलिबल प्रतियोगिताको उपाधि जनचेतना युवा क्लब हाउडीले जितेको छ। कर्णाली प्रदेशमा हालसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशीको प्रदेश स्तरीय खुला भलिबल प्रतियोगिताको उपाधि हाउडीले जितेको हो। 

बेस्ट अफ फाइभमा तीनवटा खेल जितेर जनचेतना युवा क्लय हाउडी विजेता भयो भने न्यू जेनेरेशन एण्ड डाईनामिक युथ क्लब पलाँता उपविजेता बन्यो। प्रतियोगितामा विजेताले २ लाख २२ हजार २ सय २२ रुपैयाँ र उपविजेता न्यू जेनेरेशन एण्ड डाईनामिक युथ क्लब पलाँताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार जित्न सफल भए। 

उत्कृष्ट खेलाडीहरूले मेडल र ट्रफिहरू समेत पाए। लिगासैनी युथ क्लब कालिकोटका अध्यक्ष हिक्मतजंग मल्लका अनुसार असोज १० गतेदेखि १३ गतेसम्म खेल सञ्चालन भएको हो। लिगासैनी युथ क्लब कालिकोटको आयोजनामा यही असोज १० गतेदेखि सुरु भएको उक्त भलिबल प्रतियोगितामा रुकुम, सल्यान, सुर्खेत कालिकोट लगायतका जिल्लाबाट १२ टिमले भाग लिएका थिए।

प्रकाशित: १३ आश्विन २०७९ १४:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App