८ वैशाख २०८१ शनिबार
खेल

बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि खेलाडी छनोट

फाइल तस्बिर।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बङ्गलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ।

बिहिबार एन्फाको आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्रदीप हुमागाईँले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट २३ सदस्यीय टोलीको अन्तिम घोषणा गरेका हुन्।

छनोट हुने नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ र दीप कार्की छन्। यसैगरी डिफेन्डरमा अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, दिनेश राजवंशी, विकास खवास, सुमन अर्याल र रञ्जित धिमाल रहेका छन्। मिडफिल्डरमा सेसेहाङ आङदम्बे, तेज तामाङ, विशाल राई एरिक विष्ट, सुरजज्यू ठकुरी, सुदीप गुरुङ र सुजल श्रेष्ठ छन्।

फरवार्डमा विमल घर्तीमगर, रितिक खड्का मनिष डाँगी अन्जन विष्ट र आशिष चौधरी रहेका छन्।  टोलीमा थ्रिस्टार क्बलका खेलाडी रितिक खड्का र चर्च ब्वाइज युनियन क्लबका आशिष चौधरी टोलीमा नयाँ खेलाडी हुन्। नेपाल र बङ्गलादेशबीचको खेल यही असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ।

प्रकाशित: ६ आश्विन २०७९ १०:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App