२० आश्विन २०७९ बिहीबार
खेल

बंगलादेशी गोलकिपर रुपना चक्माकाे घर बनाउन शेख हसिनकाे निर्देशन

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले साफ महिला च्याम्पियनसिप विजेता बंगलादेशी गोलकिपर रुपना चक्मालाई नयाँ घर बनाइदिन निर्देशन दिएकी छन्।

सोमबार सम्पन्न छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप खेलमा उत्कृष्ट गोलकिपरको उपाधि जितेकी रुपना रंगमाटीकी नानियारचरकी हुन्। बंगलादेश महिला टोलीको सफलतापछि रंगामाटीका डेपुटी कमिसनर मोहम्मद मिजानुर रहमानले रुपना र रितु पोर्नाको घरमा मिठाई, फलफूल र फूल दिएर गएका थिए।

रुपना चक्माको जीर्ण घरको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो र संयुक्त राष्ट्रसंघको महासभामा भाग लिइरहेका अमेरिकाबाट प्रधानमन्त्रीको ध्यानाकर्षण भयो र नयाँ घर बनाउन निर्देशन दिइन्। उनका प्रेस सचिव एहसानुल करीमका अनुसार उनले रुपनाको परिवारलाई घर बनाउन अमेरिकाबाट निर्देशन दिएको बताए ।

डीसी मिजानुर रहमानले ढाका ट्रिब्यूनलाई भने कि उनले निर्देशनहरू युएनओलाई पठाइसकेका उल्लेख गरेका छन्। डिसीले गोलकिपर रुपना र अर्की खेलाडी रितु पोर्नाको परिवारलाई आर्थिक सहायत स्वरुप डेढ लाख टाकाको चेक समेत हस्तानरण गरेका छन्।

प्रकाशित: ५ आश्विन २०७९ १७:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App