१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

‘सी’ डिभिजन छनोटमा ६० टिम सहभागि

अखिल नेपाल फुटबल संघ (एन्फा) ले  सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौटको खेल तालिका सार्वजनिक गरेको छ। शहीद स्मारक सी डिभिजनमा ६० टिमले प्रतिस्पर्धा गर्ने भएका छन्। एन्फा ले सी डिभिजन छनोटको टाइसिट ड्र गरेको छ। जसमा ६० टिमले प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ।

छनोटका खेलहरु असोज ६ गते बिहीबारदेखि  कात्तिक २४ गतेसम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ।

छनौट खेलहरु असोज ६ गते बिहीबारबाट एन्फा कम्प्लेक्समा सुरु हुनेछ। छनौट कात्तिक २४ गतेसम्म चल्नेछ।एन्फाले सहभागी ६० क्लबलाई प्रत्येक समूहमा ३ क्लब राखेर २० समूहमा विभाजन गरेको छ।  हरेक समूहको विजेता नकआउट चरणमा प्रवेश गर्ने छन्।

 नकआउट चरणलाई २ समूहमा विभाजन गरिएको छ। दुई समूहका विजेता ‘सी’ डिभिजन लिगमा छनोट हुनेछन्।  र, फाइनलमा दुई समूह विजेता भिड्ने छन्।

गत असारमा भएको ‘सी’ डिभिजन लिगबाट घटुवा भएका दुई टोली वीरगञ्ज युथ एकेडेमी र ओएसिस क्लबले यस पटक ‘सी’ डिभिजन छनोटमा खेल्नेछन्।

प्रकाशित: ४ आश्विन २०७९ ०९:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App