१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

रसिला र नवीन च्याम्पियन

फाइल तस्बिर

नेपाल नम्बर एक खेलाडी रसिला महर्जन र नवीन श्रेष्ठ प्रथम चन्द्रागिरि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा च्याम्पियन भएका छन्।

महिला एकलतर्फ त्रिभुवन आर्मी क्लबकी रसिला फाइनलमा पूर्वनम्बर एक खेलाडी भोजपुरकी नङ्सलदेवी तामाङलाई २१–१४ र २१–१३ को सेटमा हराउँदै च्याम्पियन भएकी हुन्। महांकाल ब्याडमिन्टन कभर्डहलको आयोजनामा सम्पन्न प्रतियोगिताको पुरुष एकलको फाइनलमा आर्मीकै नवीनले नेपाल पुलिस क्लबका विष्णु कटुवाललाई २१–९ र २१–१६ ले हराए। दुवै विजेताले नगद ४० हजार र उपविजेताले नगद २० हजारसहित मेडल र ट्रफी प्राप्त गरे।  

महिलातर्पm एपिएफकी शोभा गौचन र आर्मीकी प्रार्थना देउवा संयुक्त तेस्रो भए। पुरुषमा पुलिसका सुनील जोशी र कालिकाका सुदीप सेढार्इंले तेस्रो स्थानमा रहे। तेस्रो भएका खेलाडीले नगद १० हजार रूपैयाँ प्राप्त गरे। राष्ट्रिय वरीयताको शीर्ष २० बाहेकका पुरुष एकलतफर् महांकालका सुजन थापाले फाइनलमा आर्मीका हिमाल चन्दलाई २१–१७, ११–२१ र २१–१८ ले हराए। सुजनले ट्रफीसहित ३० हजार र हिमालले १५ हजार प्राप्त गरे।

तेस्रो स्थानमा आर्मीका कविर केसी र पुलिसका हीरा राई रहे। उनीहरूले समान नगद १० हजार प्राप्त गरे। सोही विधाको महिला एकलमा सुर्खेतकी शिष्ना श्रीपालीले फाइनलमा सुर्खेतकै अग्रिमा भण्डारीलाई १३–२१, २१–१६, २१–११ ले हराइन्। श्रीपालीले ३० हजार र भण्डारीले नगद १५ हजार प्राप्त गरे। तेस्रो स्थानमा पुलिसका निकिता लामा र रिना तामाङ रहे। उनीहरूले नगद १० हजार प्राप्त गरे। शीर्ष २० बाहेकको पुरुष युगलमा एपिएफका प्रनिश सिंह ठकुरी र महांकालका सुजन थापाको जोडीले सफलता पायो।

यो जोडीले आर्मीका पविन लिन्थेप र सुरोज महर्जनको जोडीमाथि २१–१८ र २६–२४ को कठिन जित निकाल्यो। विजेताले नगद ३० हजार र उपविजेताले नगद १५ हजार प्राप्त गरे। युनिटी ब्याडमिन्टन एकेडेमीका निश्चल खत्री र श्रीजल पोखरेल तथा आर्मीका हिमाल चन्द र सन्तोष पनेरूले तेस्रो हुँदै नगद १० हजार रूपैयाँ पुरस्कार प्राप्त गरे। स्थानीयतर्पm पुरुष युगलमा महांकालका आकाश जोशी र याविक श्रेष्ठको जोडी प्रमोद महर्जन र सुमन महर्जनको जोडीमाथि हाबी भयो।

प्रकाशित: ४ आश्विन २०७९ ०१:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App