१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

नवौं राष्ट्रिय खेलकुदका लागि ताप्लेजुङबाट छानिए डेढसय बढी खेलाडी

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ताप्लेजुङबाट डेढसय बढी खेलाडी छनौट गरिएको छ। जिल्ला खेलकुद विकास समितिका उपाध्क्ष अनिता पन्दाकका अनुसार १२ बिधामा खेलाडी छनौट गरिएको छ। 

बुद्धिचालमा २ जना,ब्याडमिन्टनमा पुरुषतर्फ ४ र महिलातर्फ ३ गरी ७ जना,एथलेटिक्समा पुरुषतर्फ १२ र महिलातर्फ १० गरी २२ जना खेलाडी छनौट गरिएको छ। यस्तै टेबलटेनिसमा पुरुषतर्फ ३ र महिलातर्फ २ गरी ५ जना,कबड्डीमा पुरुष र महिला दुबैतर्फ ९–९ जना गरी १८ जना,सितोरियो कराँतेतर्फ महिला पुरुष गरी २१ जना र तेक्वादोमा महिला ११ र पुरुष ११ गरी २२ जना खेलाडी छनौट गरिएको छ। 

यता पुरुष फुटबलमा १६ र महिला फुटबलमा २ बैकल्पिक सहित १८ जना खेलाडी छनौट गरिएको छ। रग्वी र बक्सिङमा १–१ जना खेलाडी छनौट हुँदा भलिबलतर्फ महिला र पुरुषमा समान १०–१० जना खेलाडी छनौट भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश मावोका अनुसार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ गते देखि कात्तिक ३ गते सम्म सञ्चालन हुँदै छ।

प्रकाशित: २४ भाद्र २०७९ १२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App