रेडिअन्ट चौथो केभिकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ।
रेडिअन्टले एन्जल्स हार्टलाई ४४–२४ ले पराजित गर्यो। रेडिअन्टका सागर लामिछानेले १४ अंक जोडे।
सिनियर ब्वाइजमै प्राण्जलीले आयोजक केभिकेएसएसलाई ३४–११, लोयल्टीले क्लिन्टनलाई ५८–४ र भ्याली पब्लिकले विन्डीलाई ५६–१८ ले हराए।
प्राण्जलीका तौसिन अन्सारीले १८, लोयल्टीका सन्दीप शेरचनले २० र भ्याली पब्लिकका लामा छिरिङले १३ अंक जोडे। सिनियर गल्र्समा ग्रिनल्यान्डले क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्यो।
ग्रिनल्यान्डले विन्डीलाई १७–१३ ले पाखा लगायो। ग्रिनल्यान्डकी जेनिशा श्रेष्ठले ८ स्कोर गरिन्।
प्रकाशित: १९ भाद्र २०७९ ०७:२१ आइतबार