१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

ओलम्पिक, एसियन र साफ सहभागी खेलाडीलाई सम्मान

ओलम्पिक, एसियन र साफ प्रतियोगितामा सहभागी भएका प्रदेश १ का खेलाडी सम्मानित हुने भएका छन्। प्रदेश १ सरकारले पहिलो पटक ओलम्पिक, एसियन र साफमा प्रतिनिधित्व गरेको खेलाडीलाई सम्मान गर्न लागेको हो।

प्रदेश खेलकुद विकास बोर्डले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै ओलम्पिक, एसियन र साफ प्रतियोगितामा सहभागी भएका प्रदेश १ का खेलाडीलाई सम्मान गर्ने जानकारी गराएको हो। असार असार १९ गते विराटनगरमा ओलम्पिक, एसियन र साफमा खेलका खेलाडी लाई सम्माने गर्ने बोर्डका सदस्यसचिव हंसराज वाग्लेले बताए।

‘परिषद् र खेलका संघहरुबाट प्रतियोगितामा भाग लिएका खेलाडीको नाम संकलन गरेका हौं,’ सदस्यसचिव वाग्लेले भने, ‘खेल र खेलाडीको स्तर वृद्धि गर्दै अघि बढ्ने छौं। खेलाडीहरुलाई सम्मान मात्रै गर्न सक्यौ भने पनि उनीहरुको आत्मबल बढ्ने छ।’ अहिले २०३० सालदेखि ओलम्पिक, एसियन र साफमा प्रदेशबाट प्रतिनिधित्व गरेका खेलाडीलाई  सम्मान गर्न लागिएको हो।  

बोर्डले खेलकुदको विकासका साथै खेलाडीहरुलाई सेवासुविधासमेत प्रदान गर्ने हुन्छ। त्यसका लागि विराटनगर र काठमाडौंको २ वटा निजी अस्पतालसँग सहकार्य गर्दै खेलाडी र तिनका आश्रित परिवारको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाइएको छ। ‘ओलम्पिक, एसियन र साफमा खेलका खेलाडी तथा उनीहरुको परिवारका सदस्यलाई ५ वर्षसम्म निःशुल्क उपचार सेवा प्राप्त गर्ने छन्,’ सदस्यसचिव वाग्लेले भने, ‘खेलाडी पति÷पत्नी, छोराछोरी र बुवाआमाले सेवा पाउने गरी विराटनगरको नोबेल अस्पताल र काठमाडौंको काठमाडौं मेडिकल कलेजबीच सम्झौता गर्न लागेका छौं।’

फुटबल प्रतियोगिता गर्न एन्फासँग गरिएको सम्झौता भंग भएको बताउँदै, सदस्यसचिव वाग्ले भने, ‘सबैलाई खेल र खेलाडीलाई एउटै आँखाले हेर्नुपर्ने भएकाले कुनै एउटा खेलमा मात्रै धेरै बजेट खर्च हुँदैन।’ प्रदेश सरकारले आगामी वर्षको बजेटमा खेलकुदर्ला बेवास्ता गर्दै न्यून बजेट विनियोजन गरेको बताए। खेलकुदको विकास गर्नका लागि सरकारले विनियोजन गरेको बजेट धेरै नै कम भएकाले काम गर्न समस्या हुने बताए।  

हालसम्म प्रदेश १ बाट ओलम्पिक खेलमा ९ जना, एसियन खेलमा ३६ जना र साफमा १ सय ५० जना सहभागी खेलाडी सम्मानित हुने भएका हुन्।

प्रकाशित: १७ असार २०७९ १२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App