१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

बोधित र वियंका प्रथम

सुनसरीका बोधित डिसी र एपिएफकी वियंका राईले प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन्।

जुनियर सिंगल्सको ब्वाइजमा बोधित र गल्र्समा वियंका पहिलो भएका हुन्। स्पिन इभेन्ट्स प्रालिद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा बोधितले एपिएफका रुविन महर्जनलाई ११–६, ११–९ र ११–६ को सोझो सेटमा पराजित गरे। एजिएका हिमाल विष्ट र नेपाल प्रहरीका गनञ्जय दाहालले तेस्रो स्थानमा चित्त बुझाए।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको गल्र्स फाइनलमा वियंकाले आर्मीकी दिया देउलालाई सीधा सेटमा ११–७, ११–३ र ११–६ ले हराइन्। आदर्श विद्या मन्दिर (एभिएम) की आश्मा पहरी र काठमाडौंकी इना डंगोल तेस्रो भए।

प्रतियोगितामा भेट्रानसहित विभिन्न ८ स्पर्धामा प्रतिस्पर्धा भएको थियो। यसअघि भेट्रान पुरुष सिंगल्स ४० वर्षमाथि काठमाडौंका चन्दन शाही र ५० वर्षमाथि एलडिटिटिएका राजेन्द्र वज्राचार्य पहिलो भएका थिए। यु–१२ सिंगल्सको ब्वाइजमा एभरेस्टका आर्यन शाही र गर्ल्समा प्रहरीकी शुभश्री श्रेष्ठ तथा क्याडेट सिंगल्सको ब्वाइजमा सुनसरीका सिद्धार्थ तामाङ र गर्ल्समा एपिएफकी इभाना थापा मगरले पहिलो स्थान हात पारेका थिए।

जुनियर सिंगल्समा पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार र तेस्रोले ५/५ हजार नगद पुरस्कार हात पारे। अन्य ६ स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय/२ हजार ५ सय का दरले नगद पुरस्कार पाए।

प्रकाशित: १० जेष्ठ २०७९ ०३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App