१६ चैत्र २०८० शुक्रबार
खेल

हान क्वार्टरफाइनलमा

रोबर्ट जे हानसहित अन्य खेलाडीले आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको भेट्रान पुरुष ३५ वर्षमाथि सिंगल्समा मंगलबार क्वार्टरफाइनलमा स्थान बनाएका छन्।

काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रानमा हानसहित कमलबहादुर भण्डारी, दावा सोनाम शेर्पा, भीष्मजंग गुरुङ, जितेन्द्र परियार, सन्तोष खत्री, राजेन्द्र श्रेष्ठ र सिमान्त गुरुङले क्वार्टरफाइनलमा स्थान बनाएका हुन्।

पुरुष सिंगल्समा पनि मंगलबार प्रदीप खड्का र प्रणव खनाल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। प्रदीपले आशिष खड्कालाई ७–६ र ६–२ तथा प्रणवले सक्षमविक्रम शाहलाई ६–१ र ६–१ को सोझो सेटमा पराजित गरे। त्यसै स्पर्धामा अकी जुवेन रावतले विष्णु नेपालीलाई ६–३ र ६–३ तथा सौगात विकले निजेज महर्जनलाई ६–० र ६–० ले हराए।

सोही विधामा नै प्रणव मानन्धरले निसान श्रेष्ठलाई ५–७, ६–२ र ७–५, सन्तोष खत्रीले कुमार जिसीलाई ६–१ र ६–१, गौरवप्रताप शाहीले प्रमोदबहादुर थापालाई ६–० र ६–० तथा विवेक मगरले मनोज महर्जनलाई ६–० र ६–० को सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे। भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा चन्द्र शाही, हरिबहादुर बस्नेत, शरण गुरुङ, गोपी भट्टराई, मनोज शाह, रोहित सुनुवार, महेश श्रेष्ठ र विमल गुरुङले पनि क्वार्टरफाइनल यात्रा तय गरे।

भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा महेश श्रेष्ठ र कृष्णराज घले, राजु गुरुङ र लाक्पा छिरिङ शेर्पा, निरेशबहादुर श्रेष्ठल र सञ्जय अमात्य, राजु क्षेत्री र हेमराज ढकाल, डेगेन्द्र श्रेष्ठ र चन्द्र शाही, यज्ञबहादुर भण्डारी र रोहित सुनुवार, रामेश्वर थापा र राजेश क्षेत्री तथा शिवप्रसाद सेढाईं र बिभु कायश्थको जोडीले आ–आफ्ना प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरे। भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापाले वसन्त प्रधानलाई ४–१ र ४–० ले सहजै हराए।

प्रकाशित: १४ वैशाख २०७९ ०४:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App