४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

गोर्खाली र बडिमालिकालाई उपाधि

गोर्खाली रग्बि क्लब र बडिमालिका रग्बि क्लबले यु–२० राष्ट्रिय रग्बि प्रतियोगितामा पुरुष र महिलातर्फको उपाधि जितेका छन्।

पुरुषतर्फ समूहचरणमा अपराजित रहँदै फाइनल प्रवेश गरेको गोर्खाली रग्बि क्लबले मकवानपुर रग्बि क्लबलाई ३/५ को स्कोरमा हरायो। त्यस्तै महिलातर्फ बडिमालिका रग्बि क्लबले हिमालयन रग्बि क्लबविरुद्ध १०–० को सानदार जित निकाल्यो।

नेपाल रग्बि संघ र चितवन जिल्ला रग्बि संघको सहकार्यमा भरतपुरको चितवनमा सम्पन्न भएको यु–२० राष्ट्रिय रग्बि प्रतियोगितामा पुरुषतर्फ पोल ‘ए’ मा गोर्खाली रग्बि क्लब काठमाडौं, चितवन रग्बि क्लब र बडिमालिका रग्बि क्लब धनगढी रहेका थिए भने पोल ‘बी’ मा मकवानपुर रग्बि क्लब र हिमालयन रग्बि क्लब थिए। त्यस्तै महिलातर्फ पोल ‘ए’ मा मकवानपुर रग्बि क्लब, नेपाल वेमेन्स रग्बि र बडिमालिका रग्बि क्लब थिए भने पोल ‘बी’ मा हिमालयन रग्बि क्लब र चितवन वरियर्स क्लबको सहभागिता थियो।  

प्रतियोगितामा पुरुषतर्फ गोर्खाली रग्बि क्लबका रोहन डंगोल उत्कृष्ट खेलाडी भए भने महिलातर्फ बडिमालिका रग्बि क्लबकी अर्पना थापा उत्कृष्ट हुन सफल भइन्।

प्रतियोगिताको मुख्य प्रायोजक अंकुरम एकेडेमी चितवन, सह प्रायोजक ग्रेस इन्टरनेसनल एजुकेसन, प्रायोजक सेन्टर कलेज अफ टेनिङ प्रालि, मिडिया पार्टनर राष्ट्रिय दैनिक र नारायणी अनलाइ थिए।  

एक दिन चलेको प्रतियोगितामा रेफ्री प्रेमबहादुर कोइराला, श्रीराम श्रेष्ठ, सुजिना गुरुङ, विराट श्रेष्ठ र टंकराज गिरी म्याच कमिस्नर रहेका थिए।

प्रकाशित: ५ वैशाख २०७९ ०१:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App