४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

क्रिकेट स्क्वाडमा एउटै स्कुलका आठ जना

गण्डकी प्रदेश यु–१९ मा एउटै विद्यालयका आठ जना क्रिकेटर

इभरग्रिन बोर्डिङ स्कुलका क्रिकेटर। तस्बिरः सन्तोष/नागरिक

आँधीखोलाको तिरैमा छ इभरग्रिन बोर्डिङ स्कुल। स्याङजाको पुतलीबजार नगरपालिका–१३ स्थित झोलुंगे पुल तर्ने वित्तिकै आईपुग्छ स्कुल। आँधीको तटमा सानो ‘मातृभूमी’ खेलमैदान छ। त्यही खेल मैदानले उमेर समूहका क्रिकेटर उत्पादन गरिसकेको छ। यसको पछिल्लो उदाहरण हो यु–१९ क्रिकेटरको उपाधि।  

गण्डकी प्रदेशले यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित्दै इतिहास कोर्यो। इतिहास कोर्ने त्यही आँधीको तीरमा रहेको इभरग्रिनका खेलाडीहरु छन्। आठ जना खेलाडी एकै विद्यालयका छन्। दशजना स्याङ्जा जिल्लाका हुँदा आठजना इभरग्रिन बोर्डिङका छन्।  

प्लेइङ स्क्वाडमा ६ जना थिए। उनीहरु कक्षा ७, ९ र १० मा अध्ययरत छन। त्यसमा तीनजना भने ११ कक्षामा अध्ययनरत छन। सेरिना थापा कक्षा–७ मा अध्ययन गर्छिन्। आकृति तिवारी, अरविना अधिकारी र जेनिसा खत्री भने कक्षा ९ मा अध्ययनरत छन्। कुसुम गोदार कक्षा दशमा। सिमना केसी, सोनिया थापा र अन्जली विश्वकर्मा भने ११ कक्षामा अध्ययनरत हुन्। उनीहरु सबै इभरग्रिनका हुन्।  

मैदान छैन्, प्रशिक्षक छैन्  आवश्यक खेल सामाग्री पर्याप्त छैनन्। यस्तोमा पनि १४ जनाको क्रिकेट स्क्वाडमा ८ जना एउटै विद्यालयका छन। आँधीको तीरमा क्रिकेट खेल्न थालेको पनि केवल तीनवर्षमात्रै भयो। तीन वर्षकै बीचमा गरिएको प्रगतिले राष्ट्रियस्तरको उपाधि दिलायो। स्याङजामा डब्लु १३ क्रिकेट क्लब छ। त्यही क्लबले महिलाहरुलाई समेत प्रशिक्षण दिन थालेको हो।

प्रशिक्षक विहीन भएपनि स्वंयसेवकले प्रशिक्षण गराउँदै आएका छन्। ‘प्रशिक्षक छैनन्, स्वयंसेवक प्रशिक्षकको रुपमा हामीले प्रशिक्षण दिदैं आएका छौं, त्यसको प्रतिफल महिला यु–१९ राष्ट्रिय क्रिकेटको उपाधि हो,’ भर्खरै मात्र ओ लेभल गरेका स्वयंसेवक प्रशिक्षक अनुज गोदारले भने, ‘ओ लेभल गरेको पनि दुई महिना वित्यो। त्यसभन्दा अघि सिनियर खेलाडीहरुले प्रशिक्षण गराउँदै आएका थिए।’  

विद्यार्थीहरु नियमितरुपमा क्रिकेटको व्याट र ग्लोब्स बोकेर आउँछन्। बिहान र साँझ दुवै समय सिक्छन्। ‘विद्यार्थीमा क्रिकेटप्रतिको लगाव छ उनीहरुमा अचाक्ली छ। हामीले क्रिकेटको सामान्य नियम सिकाईदिने गरेका छौं, बलिङ र व्याटिङको प्राक्टिस गराउँछौं,’ उनले भने, ‘आधारभूत प्रशिक्षणसँगै नियमित प्रतिस्पर्धाले खेलाडी खारिदैं गएका छन्।’ विद्यालयले पनि विद्यार्थीलाई क्रिकेट प्रतिको लगावलाई बन्देज लगाएको छैन।

विद्यालयकै सहयोगमा नियमित रुपमा विद्यार्थीहरुले प्रशिक्षण लिने अवसर पाएका छन्। पढाईसँगै खेलकुदलाई पनि उनीहरुले अगाडि बढाईरहेका छन्। खेलमैदान नजिकै घर हुनेहरु केही ढिलोसम्म प्रशिक्षण गर्ने गरेको उनको भनाई थियो। प्रशिक्षक गोदारका अनुसार दुईघण्टा नियमित प्रशिक्षण गर्छन्। ‘म आफैं त्यही स्कुलमा पढें त्यही भएर पनि,स्वयंसेवक प्रशिक्षकको रुपमा क्रिकेट प्रशिक्षण गराउँदै आएको छु,’ गोदारले भने, ‘एउटै स्कुलका भएर पनि होला टिमवर्क छ।’ स्याङजामा क्रिकेट संघ गठनपछि महिला क्रिकेटमा छलाङ मारेको छ। गण्डकी प्रदेशमा केवल चार जिल्लामा मात्रै क्रिकेट संघ छ। त्यो मध्ये महिला क्रिकेटको स्तर स्याङजाको  कास्की भन्दामाथि छ।  

‘धुलाम्मे मैदान, छ त्यही मैदानमा हामी खेल्छौं नियमित रुपमा खेलिरहेका हुन्छौं।’ कक्षा १० मा अध्ययरत कुसुम गोदारले भनिन्–‘स्कुल नहुँदा विहान बेलुकी र स्कुल हुँदा स्कुल सकेपछि साँझमा प्रशिक्षण गर्छौ।’ उनले स्कुले साथीसंगी भएकोले पनि प्रशिक्षण गर्न सजिलो भएको बताईन्। यु–१९ राष्ट्रिय महिला क्रिकेटको क्लोजक्याम्प पोखरामा बस्दै छ। क्लोज क्याम्पबाट महिला यु–१९ राष्ट्रिय टिमको घोषणा गरिने सम्भावना छ।

प्रकाशित: २७ चैत्र २०७८ ०७:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App