coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

इटहरी गोल्डकपः उपाधिको लागि सगरमाथा र त्रिभुवन आर्मी भिड्ने

इटहरीमा जारी १२ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि सगरमाथा फुटबल क्लब मोरङ र विभागीय टिम त्रिभुवन आर्मी भिड्ने भएका छन्।

इटहरी रंगशालामा विहीबार भएको अन्तिम सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै सगरमाथाले आर्मीसँगको उपाधि भिडन्त पक्का गरेको हो। फाइनल खेल शनिबार हुनेछ।

सगरमाथाका लागि आशिस लामाले २ तथा भुवन बस्नेत र आवाश लामिछानेले एक/एक गोल गरे । लामाले ६६ औं र ७० औं मिनेटमा गोल गर्दा बस्नेत र लामिछानेले ७१ औं र ८५ औं मिनेटमा गोल गरे।

मनाङका लागि अञ्जन बिष्टले खेलको २० औं र अफिज ओलावालेले ३० औं मिनेटमा एक/एक गोल गरेका थिए। पहिलो हाफमा २–० को स्पष्ट अग्रता लिएपनि दोस्रो हाफमा सगरमाथाले खेलमा पुनरागमन गर्दै जित हात पार्‍यो । पहिलो हाफमा २–० ले पछि परेको सगरमाथा दोस्रो हाफपछि भने आक्रमक बन्दै मनाङलाई लगातार ४ गोल गर्दै फाइनल यात्रा तय गर्न सफल भयो।

खेलको ६५ मिनेटमा मनाङका पुजन उपरकोटीले डिबक्स भित्र ह्याण्ड बल गर्दा पेनाल्टी पाएको सगरमाथाका लागि आशिष लामाले १ गोल गरे। लगत्तै खेलको ६९ मिनेटमा पुनः आशिषले नै थप १ गोल गर्दै खेललाई बराबरीमा ल्याए।  

खेलको ७१ मिनेटमा सगरमाथाका लागि भुवन बस्नेतले १ गोल गर्दै टिमलाई अग्रता दिलाए । दोस्रो हाफपछि कमजोर बनेको मनाङका लागि पुनः खेलको ८५ मिनेटमा सगरमाथा क्लबका भुवन बस्नेतको पासमा आवास लामिछानेले १ गोल गर्दै स्पष्ट ४–२ को जित हात पार्दै सगरमाथा उपाधी नजिक पुग्न सफल भयो।

खेलको म्यान अफ दि म्याच सगरमाथा क्लब मोरङका आशिष लामा घोषित हुँदै नगद दश हजार हात पारे। फाइनल खेलको बिजेताले ७ लाख पाउनेछन् भने उपबिजेताले ३ लाख ५० हजार पाउनेछ।

प्रकाशित: २५ चैत्र २०७८ ०२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App