६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

विरगञ्ज र जनकपुर विजयी

विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत विरगञ्ज महानगरपालिका र जनकपुरधाम महानगरपालिका विजयी भएका छन्। विराटनगर–१९  स्थित  वैजनाथपुरको खेल मैदानमा बुधबार पहिलो खेलमा विरगञ्ज र  जनकपुर विजयी भएका हुन्।

पहिलो खेलमा विरगञ्जले झापाको मेची नगरपालिकालाई ८ रनले पराजित गरेको छ। पराजित भएको झापाले लगातार दुई खेलमा पराजित भए पछि प्रतियोगिताबाट बाहिरिएको छ। झापा समुह बिको पहिलो खेलमा आयोजक विराटनगरसँग ३६ रनले पराजित भएको थियो। यो समुहबाट विरगञ्जसँगै आयोजक विराटनगर सेमिफाइनरमा प्रवेश गरेको छ। 

विराटनगर र विरगञ्जविच समुह विजतेको लागि बिहीबार लिगको अन्तिम खेल हुने छ। टस जितेर ब्याटिङ गरेको विरगञ्जले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २८ रनको योगफल खडा गरेको थियो। विरगञ्जकालागि हसिम अन्सारीले ३७ बनाउँदा साहिल पटेलले ३२ रन जोडे। पटेलले १४ बलमा २ छक्का र २ चौका प्रहार गरे। झापाका अंकित सुवेदीले ३ विकेट लिँदा विशाल आचर्यले २ विकेट लिए।

१ सय २९ रनको लक्ष पाएको झापाले पुरै ओभर खेल्दै ३ विकेट गुमाई १ सय २० रन मात्र बनाउँन सक्यो। झापाकालागि सुवाङर उराँव अविजित ४५ रन बनाउँदा अंकित सुवेदीले ३३ रन र अनिल लामिछानेलेअविजित २६ रन बनाए। 

विरगञ्जका म्यान अफ द म्याच हसिम अन्सारी ४ ओभरमा १४ रन दिएर ३ विकेट लिए। दोस्रो खेलमा  जनकपुरले सुनसरीको इनरुवालाई ७ विकेटले पराजित गरेको छ। जनकपुर एक खेल अगावे सेमिफाइनलमा पुगेको छ। लगातार दुई खेलमा पराजित भएसँगै इनरुवा प्रतियोगिताबाट बाहिरिएको छ।  समुह ए मा जनकपुरसँगै राजविराज पनि सेमिफानलमा प्रवेश गरेको छ।

टस जितेर ब्याटिङ गरेको इनरुवाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ११ रनको बनाएको थियोे। इनरुवाकालागि विवेक मेहताले ४७ रन बनाउँदा रविन मण्डल २५ रनमा अविजित भए। जनकपुरका साइमन राँय र हरिशंकर साहले समान २–२ विकेट लिँदा दिनेश सहनी र सुमित मण्डलले १–१ विकेट लिए। 

१ सय १२ रनको सामान्य लक्ष पाएको जनकपुरले १८ दशमलव ३ बलमा ३ विकेट गुमाई सो विजयी लक्ष  भट्टाएको थियो। जनकपुरकालागि म्यान अफ म्याच  हिमाञ्सु दत्त ४२ रनमा अविजित हुँदा हरिशंकर साहले ३३ रन र अकबर अलि २० रनमा अविजित भए। इनरुवाका  विकल्प आचार्य, सराज बस्नेत र शिभम यादवले १–१ विकेट लिए।  

प्रतियोगितामा प्रदेश १ का आयोजक विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका र मेची नगरपालिका तथा मदेश प्रदेशको विरगञ्ज महानगरपालिका, जनकपुरधाम महानगरपालिका र राजविराज नगरकालिका सहभागि भएका छन्। प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार ट्रफि तथा उपविजेताले नगद ५१ हजार  र ट्रफि पाउने छन्।

प्रकाशित: २३ चैत्र २०७८ १४:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App