१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

इटहरी गोल्डकप: त्रिभुवन आमी उपाधि नजिक

विभागीय टिम त्रिभुवन आर्मी क्लब १२औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।

इटहरी रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा रोलिङ् क्लब झापालाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो। डिफेण्डिङ् च्याम्पियन आर्मीका लागि टेकबहादुर बुढाथोकी र सन्तोष तामाङले एक/एक गोल गरे। बुढाथोकीले ५१ औं र तामाङ्ले ९०औं मिनेटमा गोल गरे। रोलिङ क्लबका लागि बिदेशी खेलाडी अजय मार्टिनले अतिरिक्त समयको चौथो मिनेटमा एक गोल फर्काए।  

खेलको म्यान अफ दि म्याच आर्मीका टेकबहादुर घोषित हुँदै नगद १० हजार पुरस्कार पाए। इटहरी गोल्डकप १२ औं संस्करणको उद्घाटन खेलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई २–१ गोल अन्तर विभागीय त्रिभुवन आर्मीले पराजित गरेको थियो। 

आर्मीले अब उपाधिका लागि विहीबार मनाङ् मस्र्याङ्दी क्लब र सगरमाथा फुटबल क्लब मोरङवीच हुने अन्तिम सेमिफाइनल खेलको बिजेतासँग शनिबार फाइनलमा प्रतिस्पर्धा गर्नेछ। 

२०७५ सालको फाइनल खेलमा पनि मनाङ् मस्र्याङ्दी क्लब काठमाडौंलाईं २–० गोल अन्तरले हराउँदै विभार्गीय टीम आर्मीले उपाधि जितेको थियो। फाइनल खेलको विजेताले ७ लाख  र उपविजेताले ३ लाख ५० हजार पाउनेछ।

प्रकाशित: २३ चैत्र २०७८ १३:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App