१३ असार २०८१ बिहीबार
image/svg+xml
खेल

मंगलबारदेखि अन्तरवडास्तरीय पुरुष भलिबल प्रतियोगिता

पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा मंगलबारदेखि अन्तरवडास्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु हुने छ। महिलाको टिम समावेश गर्न आईतबारसम्म म्याद राखेपनि कुनैपनि वडाले महिलाको टिम पठाउन नसकेपछि सोमबारदेखि भनिएको प्रतियोगिता मंगलबार सारिएको हो।  

मंगलबार पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा विहान ८ बजे दुईवटा खेल हुनेछन्। दुईवटा कोर्टमा खेल खेलाईने छ। पहिलो खेल पोखरा–३० र पोखरा–२४ का बीच हुने महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए। उनका अनुसार सोही समयमा अर्को कोर्टमा पोखरा–२६ र पोखरा–२१ बीच हुने छ।  

अन्तरवडास्तरीय पुरुष भलिबल प्रतियोगितामा पोखरा महानगरका १६ वटा वडाले सहभागिता जनाएका छन्। अघिका खेलहरु बेष्ट अफ फाईभमा खेलाईने समितिले जनाएको छ। विजेता वडाले नगद पुरस्कार स्वरुप १ लाख २० हजार रुपैयाँ प्राप्त गर्ने छ। उपविजेता हुनेले ७० हजार र तेस्रो हुने टोलीले नगद ४० हजार रुपैयाँ प्राप्त गर्ने छ। उत्कृष्ठ पाँच विधाका खेलाडीलाई समेत पुरस्कृत गरिने समितिले जनाएको छ। प्रतियोगिताको उदघाटन पोखरा महागनरपालिका उपप्रमुख मन्जुदेवी गुरुङले उदघाटन गर्ने कार्यक्रम रहेको छ।  

प्रकाशित: २१ चैत्र २०७८ ०७:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App