२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

मनाङ मर्स्याङ्दी इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश

मनाङ मर्स्याङ्दी क्लब काठमाडौं इटहरीमा जारी १२ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।  

इटहरी रंगशालामा आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा मनाङ मर्स्याङ्दीले  पाहुना टोली कञ्चनजङ्गा फुटबल क्लब भारतलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। मनाङका लागि म्यान अफ दि म्याच अफिज ओलावालेले दुई गोल गरे। पहिलो गोल १६ औं मिनेटमा गरेका ओलावालेले दोस्रो गोल ७८ औं मिनेटमा गरेका हुन्।

इटहरीमा २०७४ र ७५ मा इटहरीमै भएको पहिलो र दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपविजेता मनाङका खेलाडीको टीमवर्क उत्कृष्ट भएकाले गर्दा जित निकाल्न सफल भयो। तर, भारतका खेलाडीले भने कजोर खेल प्रदर्शन गरे।  २०७४ सालको इटहरीमा भएको गोल्डकपमा फाइनलमा मनाङ्लाई थ्रिस्टार क्लब काठमाडौंले १–० गोलले हराएको थियो।

२०७५ सालको फाइनल खेलमा पनि मनाङ मर्स्याङ्दी क्लब काठमाडौंलाईं २–० गोल अन्तरले हराउँदै विभार्गीय टीम आर्मीले उपाधि जितेको थियो। शनिबार भएको उदघाटन खेलमा विभागीय टिम त्रिभुवन आर्मीले आयोजक राष्ट्रिय जागृति क्लबलाइ २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ।

सोमबारको खेल रोलिङ् क्लब झापा र अफ्रिकन टिम एभिनियर फुटबल क्लब क्यामरुनबीच हुने आयोजकले जनाएको छ। चैत २६ गतेसम्म हुने प्रतियोगितामा दुई विदेशीसहित ८ टिमले सहभागी जनाएका छन। प्रतियोगिताको विजेताले सात लाख पाउनेछन् भने उपविजेताले तीन लाख पचास हजार पुस्कार पाउने छन्।

प्रकाशित: २० चैत्र २०७८ १५:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App