३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीमा राजन

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीको प्रथम अधिवेशनले राजन पौड्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

१५ सदस्यीय नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा जीवन मल्ल(सितेरियो कराँते), द्वितीय उपाध्यक्षमा हिमाल खड्का(हक्की), सचिवमा धन लामा(सितेरियो कराँते) कोषाध्यक्ष्मा विशाल बस्नेत(ह्याण्डबल) र सहसचिवमा चन्द्रकुमार गुरुङ(क्रिकेट) रहेका छन्।  

त्यसैगरी सदस्यहरुमा प्रदीप रसाईली(बास्केटबल), निशान कार्की(तेक्वान्दो), जीवन घिमिरे(शारीरिक सुगठन), पुनम गुरुङ(व्याडमिन्टन), विरेन्द्र गहतराज(उसु), रेखमाया गुरुङ(फेन्सिङ), सुमन श्रेष्ठ(बक्सिङ), उज्वल कार्की(मुआथाई) र प्रदीप खड्का(लन टेनिस) रहेका छन्।  

सर्वसम्मत बनेका अध्यक्ष पौड्यालले पोखरा रंगशालाभित्र खेल र खेलाडीको हकहितको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले जस्तोसुकै कदम चाल्न पछि नपर्ने स्पष्ट पारे। निर्माणाधिन र बनिसकेका पूर्वाधारमा पनि खेलाडीलाई प्रशिक्षण गराउन समयको बन्देज लगाउने परिपाटीको अन्त्य गर्ने उनले बताए। उनले खेलाडीले आफनो अनुकुल समयमा प्रशिक्षण गर्न पाउने अधिकारलाई कुण्ठित पार्ने विरुद्ध संघ खरो उत्रिने स्पष्ट पारे।  

निर्वतमान अध्यक्ष दिपकबहादुर गोदारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको लागि खेलाडीहरुलाई नियमित रुपमा प्रशिक्षणको व्यवस्था मिलाउनुपर्नेमा जोड दिए। उनले सम्बन्धित संघहरुलाई राष्ट्रिय प्रतियोगिताको लागि तयारी गर्न समेत आग्रह गर्दै प्रशिक्षणको लागि हल एवं खेलस्थलको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्की लड्ने बताए।  

उपस्थित खेलाडीहरुले पनि पूर्वाधार भएर पनि उपयोग गर्न नपाएको, प्रशिक्षणमा अहसज भएको, हल उपलब्ध नहुँदा नियमित प्रशिक्षण गर्न नपाएको, प्रशिक्षक नहुँदा प्रशिक्षण लिन नपाएको जस्ता गुनासाहरु गरेका थिए। अधिवेशनको पूर्व अन्तर्राष्ट्रिय खेलाडी गणेशबहादुर भट्टराईले उद्घाटन गरेका थिए।

प्रकाशित: ४ चैत्र २०७८ ११:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App