८ वैशाख २०८१ शनिबार
खेल

खेल पत्रकार सम्मानित

पारामाउन्ट एकेडेमीले अभिभावक दिवसको अवसरमा विभिन्न राष्ट्रिय दैनिकका आठ खेल पत्रकारलाई शनिबार सम्मान गरेको छ। पारामाउन्टले बानियाँटारस्थित आफ्नै विद्यालयमा आयोजित १७औं अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रमका अवसरमा खेल पत्रकारलाई सम्मान गरेको हो।

सम्मानित हुने खेल पत्रकारमा सौर्यका रोशनकुमार सिंह, द हिमालयन टाइम्सका महेश आचार्य, गोरखापत्र दैनिकका प्रजित शाक्य, नयाँ पत्रिकाका श्रीलोचन राजोपाध्याय, राइजिङ नेपालका प्रमोद जोशी, नेपाल समाचारपत्रका फिरोज राजोपाध्याय, राजधानीका रामसुदन तिम्सिना र नागरिक दैनिकका अनिल मल्ल ठकुरी छन्।

उनीहरूलाई पारामाउन्ट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश्वरनरसिंह केसी, नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ (बोस), नेपाल गोजुरियो कराते संघ एवं एसियाली गोजुरियो कराते महासंघका महासचिव बिआर मित्र, नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका पूर्वनिर्देशक डा. प्रकाश प्रधान, पारामाउन्टका संस्थापक प्रिन्सिपल मुकुन्दप्रसाद पाण्डे, पारामाउन्टका संस्थापक निर्देशक प्रमोद पाण्डे र पारामाउन्टका खेलकुद विभाग प्रमुख सुमन तिमल्सिनाले नगदसहित सम्मानपत्र प्रदान गरी सम्मान गरे।

सोही अवसरमा राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत प्रचारप्रसार शाखाका प्रशासकीय अधिकृत लोकेन्द्रकुमार बस्नेत पनि नगदसहित प्रशंसापत्रबाट सम्मानित भए।

प्रकाशित: २९ फाल्गुन २०७८ ०४:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App