१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपः उपाधिका लागि मनाङ र फ्रेन्ड्स भिड्ने

क्याप्शन

सर्वाधिक धनराशिको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनल शनिबार धनगढीमा हुँदैछ। पाँचौ संस्करणको उपाधिका लागि शनिबार पूर्व च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबीच प्रतिस्पर्धा हुँदैछ। जसका दुवै टिमले उपाधि जित्ने दाबी गरेका छन्।

मनाङले गोल्डकपमा पाँचौ संस्करणसम्म सहभागी रहेको छ। पहिलो संस्करणको च्याम्पियन मनाङ दोस्रोपटक उपाधि जित्ने दाउमा रहेको छ। फेन्ड्स भने पहिलोपटक गोल्डकपमा सहभागी भएको हो। पहिलो सहभागितामा उपाधि जित्ने धुनमा फेन्ड्स रहेको छ। मनाङका कप्तान अञ्जन बिष्टले फाइनलमा आफूलाई कुनै दबाव नभएको र नकआउट प्रतियोगितामा जस्तो विपक्षी भए पनि जितका लागि खेल्ने बताए।  

मनाङका प्रशिक्षक राजेन्द्र तामाङले खप्तड गोल्डकपको उपाधि जितेको खण्डमा आफूहरुलाई लिगमा भोगेको नजितामा केही हदसम्म मलम लागउने मौका हुने बताए। साथै उनले खेलाडीलाई केही दिन आराम मिलेकाले पनि फाइनलमा अझ राम्रो प्रदर्शन गर्ने बताए। ‘अब फाइनल पुगेका छौं। माहोल हाम्रो पक्षमा रहेको छ। हामी जित्छौं। दर्शकको पनि साथ पाएका छौं,’ प्रशिक्षक तामाङले भने,‘टिममा केही फरक र उतार चढाव परेको छ। खेलाडीको कम्बिनेसन राम्रो भएको छ। खेलाडीले आराम पनि पाएका छन्। यसले हामीलाई फाइदा पनि हुन्छ।’

फ्रेन्ड्सका प्रशिक्षक मिग्रेन्द्र मिश्रले कम्तीमा ७२ घण्टाको आराम पाएको खण्डमा खेलाडीले बढी आराम पाउने भए पनि आफूहरु फाइनलका लागि तयार रहेको बताए। उनले मनाङ बलियो टिम रहेको र अहिले फ्रेन्ड्स टिम पनि राम्रो रहेको बताए। तर, फाइनलमा आफूहरु जितका लागि नै खेल्ने बताउँदै उनले भने, ‘फाइनलमा जसले गोल गर्छ त्यही टिमले जित्छ। फुटबलको रिजल्ट के हुन्छ भन्ने कुरा खेलेपछि थाहा हुन्छ।’ ए डिभिजन लिगमा मनाङ र फ्रेन्ड्स भिड्दा मनाङ विजयी भएको थियो। खप्तड गोल्डकपमा फ्रेन्ड्सले सेमिफाइनलमा वागमती युथ क्लवलाई हराएको थियो भने मनाङले हिमालयन शेर्पालाई हराएको थियो।

प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ। उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन्। प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ।

प्रकाशित: २७ फाल्गुन २०७८ १४:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App