१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

खेलाडीको नाम सार्वजनिक

शुक्रबार हुने फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को अक्सनका लागि दुई सय ४२ खेलाडीको नाम सार्वजनिक भएको छ।

नेपाल स्पोटर््स एन्ड इभेन्ट म्यानेजमेन्टले मंगलबार चैत अन्तिम सातादेखि आयोजना हुने एनएसलको अक्सनका लागि छनोट भएका दुई सय ४२ खेलाडीको नाम सार्वजनिक गरिएको हो। जसमध्ये क्याटागोरी ‘ए’ मा ४० खेलाडी छन् भने ‘बी’ र ‘सी’ मा समान एक सय एक खेलाडी समावेश गरिएको छ। एनएसएलको दोस्रो संस्करण चैत २६ गतेदेखि आठ गतेसम्म हुँदै छ।

आयोजकले यस संस्करणमा तीन टोली थप गर्दै सहभागी क्लब संख्या १० पुर्‍याएको छ। यसअघि प्रतियोगिताको पहिलो संस्करणमा सात टोलीको सहभागिता थियो। यस सिजन स्पोर्टिङ इलाम मेची, झापा एफसी र वीरगन्ंज युनाइटेड थपिएका छन्। गत सिजन विराटनगर सिटी, एफसी चितवन, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स, धनगढी एफसी र बुटवल लुम्बिनी रहेका थिए। प्रतियोगिताको पहिलो संस्करण काठमाडौं रेजर्सले जितेको थियो।

प्रकाशित: १८ फाल्गुन २०७८ ०४:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App