८ वैशाख २०८१ शनिबार
खेल

पाचौँ नगरस्तीय मेयर कप क्रिकेट प्रतियोगीता वडा नम्बर २ लाई

कपिलवस्तु नगरपालिकाद्वारा संचालित पाचौँ नगरस्तीय मेयर कप क्रिकेट प्रतियोगीता वडा नम्बर २ ले जितेको छ। तौलिहवास्थित बुद्धपद उमाबिको खेल मैदान सम्पन्न प्रतियोगीता वडा नम्बर ९ लाई ३ बिकेटले हराउँदै वडा नम्बर २ ले लगातार दास्रो वर्ष पनि कप जितेको हो। 

जितसंगै कपसहित नगद ५० हजार उसले हात पार्यो। दोश्रो भएको वडा नम्बर ९ ले कपसहित नगद ३० हजार पाएको थियो। वडा नम्बर ९ ले दिएको ९७ रनको लक्ष्य १७ दशमलव १ बलमा ७ बिकेटको क्षतिमा वडा नम्बरले लक्ष्य पार गरेको थियो। टस जितेर पहिलो ब्याटिङमा उत्रेको वडा नम्बर ९ निर्धारित २० ओभरमा ९ विकेटका गुमाएर ९६ रन बनाएको थियो।

३८ रन बनाएर उत्कृष्ठ प्रर्दशन गरेका वडा नम्बर २ का जितेन्द्र पाण्डेय मैन अफ द म्यान घोषत भए। यस्तै प्रतियोगीता भर कुल १ सय १२ रन र ८ बिकेट लिएका वडा नम्बर २ कै रामनिवास यादव मेन अफ द सिरिज घोषित भए। उनलाई २ हजार नगद र प्रमाण पत्र प्रदान गरिएको थियो। प्रतियोगीतामा ११ वट खेलमा मैन अफ द म्याच भएका ११ खेलाडीलाई नगद १ हजार प्रदान गरिएको थियो।  

सो अवसरमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य, मेयर किरण सिंहले संयुक्तरुमा कप, नगद, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए। महामन्त्री आचार्यले क्रिकेट खेलले कपिलवस्तुले बिस्तारै जिल्लाको नाम उचो राख्दै गएको बताए। उनले खेलले आपसमा मत्रैभाव सहित लागूऔषध जस्तो कुलतमा फसेको युवाहरुलाई प्रोत्साहीत गरेको बताए। यस्तै कार्यक्रममा मेयर सिंहले नगरपालिकाले खेल क्षेत्रको विकासलागि सुरुको वर्षदेखि नै प्राथमिकता दिँदै आएको बताए।

उनले खेलले प्रतिस्पार्धाको साथै नया खेलाडी समेत उत्पादन गर्ने गरेको बताए। मेयर सिंहको अध्यक्षता, बरिष्ठ सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठको संचालनमा भएको कार्यक्रमा कांग्रेस नेता सुधारक पाण्डेय, उप मेयर लक्ष्मी साउ ग्प्ता, कार्यक्रम संयोजक तथा वडा नम्बर २ का अध्यक्ष प्रकाश गैरे लगायतले शुभकामना मन्तब्य दिएका थिए। कार्यक्रममा कपिलवस्तु नगरपालिका वडा नम्बर २ का अध्यक्ष रामभजन कलवार, ४ का रबिन्द्र तिवारी, ९ का शिव बहादुर वाग्ले कांग्रेस नगर अध्यक्ष खुर्सेद अहमद खा लागतयको सहभागीता रहेको थियो। गत फागुन ९गते देखि प्रतियोगिता सुरु भएको थियो।  

प्रकाशित: १५ फाल्गुन २०७८ १३:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App