२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपालले फिलिपिन्सलाई १ सय ३६ रनले हरायो

नेपालले फिलिपिन्सलाई एक सय ३६ रनले हराएको छ। नेपालले ओमानमा भइरहेको आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत फिलिपिन्सविरुद्ध २१९ रनको विशाल लक्ष्य दिएको हो।

नेपालले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले ८ विकेट गुमाएर ८२ रन बनायो। नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए। यस्तै आजै डेब्यु गरेका गुल्सन झा ले पनि एक विकेट लिए। जितेन्द्र मुखिया, अविनाश बोहरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले एक/एक विकेट लिए।

आजको जितसँगै नेपाल चार अंकका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ भने सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको शतक र दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा २ सय १८ रन बनाएको थियो।

प्रकाशित: ७ फाल्गुन २०७८ ०९:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App