२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

लामा टेन्डी स्मृति बास्केटबलको तयारी पूरा

नेपाल बास्केटबल सङ्घका अध्यक्ष स्व लामा टेन्डी शेर्पाको सम्झनामा हुन लागेको लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ।

सोमबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक विकास शाहीले जानकारी दिए।

नेपाल बास्केटबल सङ्घकै आयोजनामा हुन लागेको प्रतियोगितामा पुरुषतर्फ १३ टिम मात्र सहभागी हुने भएका छन्। यसअघि १४ टिम सहभागी हुने भनिएकामा बङ्गालादेशको नेभी टिम नआउने भएको आयोजकले जनाएको छ। सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइनेछ।

महिलातर्फ भने पाँचै टिमको सहभागिता रहनेछ। राउन्ड रविन लिगका आधारमा हुने स्पर्धामा शीर्ष दुई स्थानमा रहने टिमले उपाधिका लागि पुनःप्रतिस्पर्धा गर्नेछन्।

पहिलो दिन तीन खेल हुनेछ। पुरुषको दुई र महिलाको एक खेल हुनेछ। उद्घाटन खेलमा पुरुषतर्फ बिएमके र कीर्तिपुर नगरपालिकाले प्रतिस्पर्धा गर्नेछन्। पुरुषमै अर्को खेल ड्रिम टिम र शङ्करदेव क्याम्पसबीच हुनेछ। महिलामा ललितपुर हाइ र रोयल बास्केटबल एकेडेमीले खेल्नेछन्। फाइनल खेल यही फागुन १२ गते हुनेछ।

प्रकाशित: २ फाल्गुन २०७८ ०२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App