६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

२०८१ साल वैशाख २४ गते सोमवारको राशिफल

मेष राशि: व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्दा केही बाधा छ। कार्य गर्दा विचारपूर्वक गर्नुहोला। अध्ययनको कार्यमा राम्रो होला। परिवारमा धन आर्जन हुन केही कठिन देखिन्छ। स्वदेश भ्रमणले भने खुशी दिनेछ।

वृष राशि: धार्मिक कार्य गर्नु शुभ छ। भ्रमण गर्दा पूर्वार्धमै गरे सफल हुनेछ। काममा मतफरक हुन सक्ने हुँदा, सजग रहनु होला। आर्थिक क्षेत्रमा सफलता कम पाइनेछ। सामाजिक सम्मान मिल्नेछ। अध्ययनमा सफलता मिल्नेछ।

मिथुन राशि: व्यापारको कार्य गर्दा विचार पुर्‍याएर गर्नुहोला। भोजमा सहभागी हुनाले पेटमा समस्या दिन सक्छ। अध्ययनकोे क्षेत्रमा दिन राम्रो रहेको छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। भूमि सम्बन्धि कार्यमा फल प्राप्तिको योग छ।

कर्कट राशि: नयाँ पद प्राप्त हुने समय छ। पारिवारिक सदस्यहरुबीच शुभ सम्बन्ध रहनेछ। हल्का पेटमा समस्या देखिन सक्छ। अध्यनार्थीहरुलाई ज्ञान आर्जनमा रुची बढ्ने छ। धार्मिक कार्य गर्नु शुभ छ।

सिंह राशि: घर परिवारमा प्रेम सद्भाव रहनेछ। अध्ययनमा सफलता मिल्नेछ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्नेछ। पहिलेको धन व्यय हुने समय देखिन्छ। वैदेशिक यात्रामा दिन राम्रो छ।

कन्या राशि: पारिवारिक सदस्यहरुबीच शुभ सम्वन्ध रहनेछ। थोरैमात्र लाभ हुने भएकाले लगानीमा बिचार गर्नु उपयुक्त हुनेछ। बिलासी कार्यमा प्रवेश नगर्नु राम्रो छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। पढाईमा कार्यसिद्धिको योग छ।

तुला राशि: राजनीतिमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा विशेष फल प्राप्तिको समय छ। छालासम्बन्धी रोग देखिन सक्छ। अध्ययन, लेखनको क्षेत्रमा केही सुधार आउने छ। प्राबिधिक उद्योगमा लगानी गर्दा राम्रो हुन्छ।

वृश्चिक राशि: बोलीको सम्मान हुनेछ। धन कम आर्जन हुने योग देखिन्छ। व्यापार व्यवसायमा राम्रो फल प्राप्त हुने योग छ। काममा मतभिन्न हुन सक्ने हुँदा, त्यसबाट जोगिनु होला। रोजगारीको अवसर मिल्ने समय छ।

धनु राशि: पराक्रमबाट कार्यसिद्धि हुनेछ। वैदेशिक यात्राको योग परेको छ। व्यापार व्यवसायमा फल प्राप्ति हुने समय छ। साथीभाईसँग रमाईलो भेटघाट हुनेछ। सामान्य बाथ रोग देखिन सक्छ।

मकर राशि: व्यापार व्यवसायमा शुभ देखिन्छ। आफैं काम गर्नाले लाभ हुने दिन छ। आमालाई सामान्य चर्म रोग देखा पर्न सक्नेछ। सामाजिक पद, सम्मान मिल्नेछ। विदेश घुम्न पाउने सम्भावना पनि छ।

कुम्भ राशि: उन्नति प्रगति हुने दिन छ। नवव्यक्तिहरुले शुभ फल दिन सक्नेछन्। विद्यार्थीहरुका लागि पढाई राम्रो हुने दिन छ। स्वास्थ्यमा केही गढबडी हुने देखिन्छ। व्यापारमा फल प्राप्त हुनेछ।

मीन राशि: बिलासी कार्यमा रुचि नलिनु राम्रो छ। नविन कार्य सिद्धिमा सामान्य बाधा छ। वैदेशिक कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ। व्यापार व्यवसाय गर्नेलाई दिन राम्रो छ। आर्थिक लाभ हुने दिन छ।

प्रकाशित: २४ वैशाख २०८१ ०६:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App