४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

स्थानीय निकाय निर्वाचनमा खेलाडीको भूमिकाबारे अन्तर्क्रिया

वर्तमान परिस्थितिमा खेल क्षेत्र तथा खेलाडीको अवस्था र आसन्न स्थानीय निकाय निर्वाचनको तयारीमा हाम्रो भूमिका विषयक अन्तर्क्रिया विराटनगरमा सम्पन्न भएको छ। नेकपा एमाले निकटको मदन भण्डारी स्पोर्ट्स एकेडेमी विराटनगर महानगर कमिटीको आयोजना तथा नेपाल खेलकुद महासंघ महानगर कमिटीको संयोजनमा अन्तर्क्रिया आयोजना गरिएको हो।  

कार्यक्रमा नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले खेलकुद र युवालाई उच्च प्राथमिकतामा राख्ने पार्टी नेकपा एमाले मात्रै रहेको  दाबी गरे। उनले भने ,‘एमालेले खेलकुद र युवाका सवाललाई कसरी हेर्छ र अरु पार्टीले कसरी हेर्छन् भन्ने बिषय सम्पूर्ण युवा खेलाडीले बुझ्नुपर्छ  र बुझाउनुपर्छ।’

पोखरेलले खेलाडीलाई स्थायी नेताका रुपमा मानेर पार्टीले २३ वटा जनसंगठन मध्ये नेपाल खेलकुद महासंघलाई पनि राखेको बताए। आवश्यकताका आधारमा सम्पूर्ण जनवर्गीय संगठनले जिम्मेवारी बहन गर्नुपर्ने भन्दै स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेको अवस्थामा नेकपा एमालेका विचार र सिद्धान्तहरुलाई हरेक युवा र खेलाडिलाई समेत बुझाउन आवश्यक रहेको पोखरेलले बताए।  

नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीका विज्ञ आयोगका सचिव विनोद राउतले पार्टीले खेलाडीलाई पनि चिन्नुपर्ने बताए। खेलाडीले पनि नेता जन्माउन सक्ने भन्दै त्यसका लागि पार्टी र नेतृत्वले पनि खेलाडी चिन्नुपर्नेमा उनले जोड दिए।  

कार्यक्रममा महासंघका प्रदेश अध्यक्ष तथा जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष रोहित कोइरालाले खेलकुद र खेलाडीको विकासका निम्ति एमालेले दिने प्राथमिकतालाई उच्च सम्मान गर्नुपर्ने बताए। लामो समय नेतृत्वविहिन भएको खेलकुद क्षेत्रले नेतृत्व पाए पनि प्रदेश सरकारले छुट्याएको बजेट समेत रोकर सरकारले नै खेलकुद क्षेत्रलाई निष्कृय बनाएको कोइरालाको आरोप छ।

खेलकुदका गतिविधि चलायमान बनाउन तथा खेलाडि उत्पादनको कामलाई तिब्रता दिन सवै मिलेर प्रदेश सरकारलाई दवाव दिन आवश्यक रहेको उनले बताए।

प्रकाशित: २५ माघ २०७८ ११:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App