२२ माघ २०८२ बिहीबार
image/svg+xml
खेल

तयारी नपुगेको भन्दै स्थगित भएको जिल्ला लिग फुटबल माघ १९ बाट हुने

आन्तरिक तयारी अपुग भएको भन्दै माघ १५ गतेबाट ताप्लेजुङमा सञ्चालन हुने भनिएको जिल्ला जिल्ला लिग फुटबल प्रतियोगिता माघ १९ गतेबाट मात्र सञ्चालन हुने भएको छ।

ताप्लेजुङ जिल्ला फुटबल संघले यसअघि प्रकाशित गरेकै समूह अनुसार जिल्ला लिग फुटबल प्रतियोगितामा माघ २६ गते सम्ममा सक्ने गरी तयारी थालेको जिल्ला फुटबल संघका अध्यक्ष बालकुमार साँवाले बताए। समूह ‘ए’मा ७ र समूह ‘बी’मा ७ टिमबीच प्रतियोगिता हुनेगरी यसअघि नै जिल्ला फुटबल संघले कार्यतालिका सार्वजनिक गरिसकेको छ। समूह ‘ए’मा प्रगतिशिल युवा क्लव, चाँगे माछापोखरी हिटी क्लव,सृजनशिल सामाजिक युवा समाज,बिसीएस मेमोरियल क्लव,लालीमा क्लव,जलजले क्लव र मानाभरा स्पोर्टिङ युथ क्लव रहेका छन्।

यस्तै समूह ‘बी’मा कर्णसिंह सोनाम फुटबल क्लव,कञ्चनजंघा फुङ्लिङ क्लव,मिशन युनाइटेड क्लव,नवप्रयास युवा क्लव,संघर्ष स्र्पोटिङ क्लव,बीरेन्द्र युवा क्लव र पाथीभरा युवा क्लव रहेको जिल्ला फुटबल जनाएको छ। समूह ‘बी’का खेल दरमुकाम फुङ्लिङस्थित भानुजन माविको खेल मैदानमा र समूह ‘ए’का खेल आठराइ त्रिबेणी गाउँपालिकाको चाँगेमा सञ्चालन हुने जिल्ला फुटबल संघले जनाएको छ। दुबै समूहमा सेमीफाइनल अघि २१–२१ वटा खेल हुने भएका छन्। सेमीफाइनल र फाइनल खेल भने चाँगेमै सञ्चालन हुने जिल्ला फुटबल संघका अध्यक्ष साँवाले बताए।

प्रकाशित: १६ माघ २०७८ ०९:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App