coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

‘बि’ डिभिजनः ‘ए’ डिभिजनमा मुनाल

मुनाल मनोरञ्जन तथा गोपीनाथ पुस्ताकालय जिल्ला स्तरीय ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी भएको छ।

मंगलबार भएको खेलमा मुनालले रानी युवा क्लबलाई १–० गोलअन्तरमा पराजित गर्दै ६ अंकका साथ जिल्लाको ‘ए’ डिभिजनमा चढेको छ।

समूह ‘क’ अन्तर्गत विराटनगरमा भएका ३ क्लबमध्ये मुनालको ६ अंक, रानी युवा र त्रिवेणी वाचनालय अंकविहीन छन्। यस समूहका रानी र त्रिवेणीले १–१ खेल हारेका छन्। समूह ‘क’अन्तर्गतको अन्तिम खेल बिहीबार रानी युवा र त्रिवेणीबीच हुनेछ।  

खेलको ४० औं मिनेटमा मुनालका इशाक लिम्बूले गरेको गोल नै निर्णायक बन्यो। खेलको म्यान अफ द म्याच मुनालका शिवकुमार चौधरी भए।  

मोरङ जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा जिल्लाका ६ वटा ‘बि’ डिभिजन क्लबको सहभागिता रहेको छ। प्रतियोगितामा मुनाल मनोरञ्जन तथा गोपीनाथ पुस्ताकालय, त्रिवेणी वाचनालय, रानी युवा क्लब, चारतारे स्पोर्टिङ क्लब, एम्ब्रियो फुटबल क्लब र रमाइलो फुटबल क्लबको सहभागिता रहेको छ।

प्रकाशित: ४ माघ २०७८ १४:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App